आजदेखि मौसम सुधार हुने भएको छ । अस्ति शुक्रवार रातिदेखि बदली भएको मौसम आजदेखि सुधार हुने मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले जानकारी दिए ।उनका अनुसार हिजो देशका सबैजसो ठाउँमा बदली भएकोमा पश्चिम नेपालका केही ठाउँमा पानी परेको छ ।
यस्तै धेरैजसो हिमाली भूभागमा हिमपात भएको छ । हुम्लासहित पश्चिम नेपालका हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको छ । कालीकोट, डडेलधुरा लगायतका केही स्टेसनमा १० मिलिमिटरभन्दा बढी पानी परेको र कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा अन्य प्रदेशमा भन्दा बढी पानी परेको मौसमविद् अधिकारीले बताए ।