Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शेरा दरबारको एक सय ६३ रोपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिस

शेरा दरबारको एक सय ६३ रोपनी जग्गा सरकारको नाममा ल्याउन सीआईबीको सिफारिस

काठमाडौँ । सीआईबी ले नुवाकोटको शेरा दरबारको झन्डै एक सय ६३ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।

सीआईबीले चार महिना लामो अनुसन्धानपछि नेकपा माओवादी केन्द्रका नेता विकेश श्रेष्ठ सञ्चालक रहेको अन्नपूर्ण फार्मिङ कम्पनीको नाममा रहेको जग्गा सरकारको नाममा ल्याउनुपर्ने निष्कर्षसहित हिजो भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई प्रतिवेदन बुझाएको हो । मन्त्रालयलाई अनुसन्धान प्रतिवेदन र सिफारिश बुझाइएको छ भने यसमा संलग्नमाथि कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत लेखी पठाइएको छ ।

अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको र जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको सीआईबीले जनाएको छ ।

तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका र त्यो जग्गा धेरैजसो व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सीआईबीले जनाएको छ । पछिल्लो समयमा त्यो जग्गा व्यक्तिले लिएको विषयमा समाचार सार्वजनिक भएको थियो ।