Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू

काठमाडौँ । सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा र हिमपात शुरू भएको छ । गएरातिदेखि पश्चिमबाट वर्षा र हिमपात शुरू भएको तथा पानी पार्ने प्रणाली पूर्वतिर सर्दै गएको मौसमविद्ले बताएका छन।

बेलुकासम्म काठमाण्डौसहित देशका धेरै ठाउँमा हल्का पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागले यसअघि नै विशेष मौसमी बुलेटिन सार्वजनिक गर्दै हिजोदेखि पानी पार्ने प्रणाली पश्चिमबाट सक्रिय हुने जानकारी दिएको थियो । आज देशका धेरै ठाउँमा हल्का पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिमपात हुने विभागले जनाएको छ ।

विभागका अनुसार भोलिदेखि मौसममा सुधार हुनेछ । वर्षा र हिमपातसँगै चिसो बढ्ने भएकाले सावधानी अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन् ।