काठमाडौँ । देशका धेरैजसो ठाउँको आज मौसम सफा रहने मौसम पूर्वानुमान् महाशाखाले बताएको छ । पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावले गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा बदली भएर सामान्य हिमपातको सम्भावना रहे पनि देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।
आज चिसो बढेको छ । काठमाण्डौमा हिजोको न्यूनतम तापक्रम सात दशमलव ५ डिग्री सेल्सियस रहेकोमा आज बिहान चार दशमलव ५ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।