Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भक्तपुरको बालकोटमा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीण आचार्यको अन्त्येष्टि

भक्तपुरको बालकोटमा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीण आचार्यको अन्त्येष्टि

काठमाडौँ । सोमबार राति भक्तपुरको बालकोटमा हत्या गरिएका कुलप्रसाद आचार्य र प्रवीण आचार्यको अन्त्येष्टि गरिएको छ । मृतक कुलप्रसाद र प्रवीणलाई कुलप्रसादका ८१ वर्षीय बुबा षडानन्द आचार्यले दागबत्ती दिएका हुन ।

भक्तपुरको सूर्यविनायक नगरपालिका– २, बालकोटस्थित डेरामा सोमबार बिहान खोटाङका ५६ वर्षीय कूलप्रसाद आचार्य र उनका २२ वर्षीय कान्छा छोरा प्रवीण मृत अवस्थामा कोठामा भेटिएका थिए ।

उनीहरूको हत्या कुलप्रसादकै जेठा छोरा मिलनले गरेको खुल्न आएको थियो । हत्या पछि फरार रहेका मिलन आफैँ प्रहरी सामु आत्मसमपर्ण गर्न पुगेका थिए । प्रहरीसँगको बयानमा मिलनले बुबा र भाइको हत्या गरेको स्विकारेका छन् ।