काठमाडौँ । आज देशका धेरै ठाउँमा मौसम आंशिक बदली रहेको छ । आज बाग्मती, गण्डकी र कोशी प्रदेशमा आज आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् ।
पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद् मिनकुमार अर्यालले जानकारी दिए ।
आज बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।
हिजो काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो ।