काठमाडौँ । भक्तपुर जिल्लामा सोमवार भएको बाबु र छोराको हत्या उनकै जेठो छोराले गरेको प्रहरीले बताएको छ । उनले आज प्रहरीमा पुगेर आत्मसमर्पण गरेका छन् । खोटाङ रूपाकोट मजुवागढी नगरपालिका वडा नम्बर १ का ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्षीय छोरा प्रवीण आचार्यको शव फेला परेको थियो भने कोठामा जेठा छोरा मिलन आचार्य भने राति देखे नै रुममा थिएनन जसले गर्दा प्रहरीले उक्त घटनाको सुई उनी तर्फै सोझाएको थियो ।
उक्त घटनामा प्रहरीले अनुसन्धान गरिरहेको अवस्थामा उनका जेठा छोराले प्रहरी मै गएर आत्म समपर्ण गरेका छन । गत शनिबार राति घटना भएदेखि नै जेठो छोरा सम्पर्कविहीन थिए । उनका बाबु र भाइको शव भने डेरामै सोमबार बिहान बेग्लाबेग्लै कोठामा फेला परेको थियो । डेराबाट सम्पर्कविहीन भएका जेठा छोरा मिलन मंगलबार प्रहरीको सम्पर्कमा पुगेका छन्। उनी काठमाडौंको महाराजगञ्जस्थित प्रहरी वृत्तमा पुगेर आत्मसर्पण गरेको बताइएको छ ।
उनले आत्मसमर्पण गरेपछि उपत्यका अपराध अनुसन्धान कार्यालय,टेकुको टोली आवश्यक सोधपुछका लागि त्यहाँ पुगेको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले भनेका छन ‘उनी नियन्त्रणमा छन्, घटना हामीले अनुमान गरेजस्तै उनीबाटै भएको स्वीकारे’, भट्टराईले भने ।
महाराजगन्ज वृत्तका प्रहरीले मिलनलाई बुबा र भाइ मार्नुको कारणबारे सोध्दा प्रेमिकासँगको तनावले मन अस्थिर हुँदा त्यस्तो भएको बताएका थिए । ‘उनको कुरा गराइबाट मानसिक रूपमा केही समस्या हो कि जस्तो देखिन्छ’, वृत्तका एक प्रहरी अधिकृतले भने ।
बुढेसकालमै भए पनि स्कुटरको लाइसेन्स बनाउन बुबा कूलप्रसाद खोटाङबाट भक्तपुर आएका थिए । मिलनले डमबेल र सिलौटोले हानेर बुबा र भाइलाई मारेपछि डेरामै रहेको स्कुटी चलाएनन् । इनड्राइभबाट मोटरसाइकल मगाए । उक्त मोटरसाइकलमा सातदोबाटोसम्म पुगे । त्यहाँबाट फेरि अर्को इनड्राइभ गरेर कलंकी पुगे । त्यहाँ पुगेर मोबाइलको सिम फ्याँके । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार बिहान उनलाई कलंकीमा खोजिरहेको थियो । त्यहीबीच महारनगञ्ज प्रहरी वृत्तबाट अनुसन्धान टोलीले उनले आत्मसमर्पण गरेको खबर दियो । ‘हाम्रो टोलीले सोधपुछ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइदिन्छौ’, एसएसपी भट्टराईले भनेका छन ।
‘हाम्रो टोलीले सोधपुछ गरेपछि आवश्यक कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइदिन्छौ’, एसएसपी भट्टराईले भने । यस्तै भक्तपुरको बालकोटस्थित घरमा डेरा गरी बस्ने हुलाकका बाबु हुलाकका कर्मचारी भएको समेत बताइएको छ । जिल्ला हुलाक कार्यालय खोटाङ दिक्तेलका निमित्त प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उनका कान्छा छोरा मृत फेला परेका थिए । हुलाकका निमित्त प्रमुख कुलप्रसाद केही दिनअघि मात्रै भक्तपुरस्थित डेरामा आएका थिए । उनका दुई छोरा साढे तीन तले घरको भुइँ तलामा डेरा गरी बस्थे ।