Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

इन्स्पेक्टर बिनु शाही पाँच लाख धरौटीमा रिहा

काठमाडौँ । इन्स्पेक्टर बिनु कुमारी शाही पाँच लाख धरौटीमा रिहा भएकी छन् । भैंसेपाटी हनिट्र्याप काण्डमा संलग्न उनी ५ लाख धरौटीमा रिहा भएकी हुन । आइतबार बयानका निम्ति उनी आफैं ललितपुर जिल्ला अदालत गएकी थिइन् । बयान नसकिएपछि जिल्ला प्रहरी परिसर, ललितपुरले नियन्त्रणमा लिई हिरासतमा राखेको थियो । सोमबार थुनछेक बहसपछि पाँच लाख धरौटीमा रिहा गर्न अदालतले आदेश गरेको छ ।

धरौटीमा रिहा भएपछि उनले थुनाबाहिरै रहेर मुद्दाको पुर्पक्ष गर्ने सुविधा पाएकी छन् । तर, प्रहरी सेवामा निलम्बन जारी हुने भएको छ । साधारण तारेखबाहेकको अवस्थामा प्रहरी कर्मचारीले निलम्बन फुकुवाको सुविधा पाउँदैनन् । यही मुद्दामा प्रतिवादी बनाइएका प्रहरी सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएपछि काममा फर्किएका छन् । ललितपुरको भैंसेपाटी प्रहरी प्रभागमा प्रमुखको जिम्मेवारी सम्हाल्दा एक घरजग्गा कारोबारीलाई हनिट्रयापमा पारेको घट्नामा इन्स्पेक्टर शाहीसहित ६ जनालाई प्रतिवादी बनाएर केन्द्रीय अनुसन्धान व्युरो (सिआईबी) ले जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको थियो ।

उनीविरुद्ध आपराधिक लाभ तथा संगठित अपराध ऐन( २०७० को महल आकर्षित हुने भन्दै सिआईबीले जिल्ला सरकारी वकिल कार्यालय, ललितपुरलाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।