Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

रवि लामिछानेलाई लगियो अदालत, न्यायाधीश नितिज राईको इललासमा बयान हुँदै

रवि लामिछानेलाई लगियो अदालत, न्यायाधीश नितिज राईको इललासमा बयान हुँदै

काठमाडौँ । सहकारीको रकम अपचलनमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई अदालतमा लगिएको छ ।

उनी सँगै, छविलाल जोशी, लीला पछाईसहित ५ प्रतिवादीलाई बयानका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो । लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ । न्यायाधीश नितिज राईको इललासमा बयान हुँदैछ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा ३ वटा कसुरमा हिज मुद्दा दर्ता भएको छ । आइतबार सरकारी वकिल कार्यालय कास्कीले जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा मुद्दा दर्ता गरेको हो। जिल्ला सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्माका अनुसार साढे ४ सय पेजको अभियोगपत्र दर्ता भएको छ।