काठमाडौँ । न्यायिक सहजकर्ता (इन्टर्न) का रूपमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेश गर्न काठमाण्डौ महानगरपालिकाले आह्वान गरेको छ । सेवाग्राहीको आवश्यकता अनुसार निःशुल्क कानूनी सेवा प्रवाह गर्न न्यायिक सहजकर्ता (इन्टर्न) का रुपमा काम गर्नको लागि निवेदन दिन आह्वान गरेको हो ।

कानून विषयमा कम्तीमा तीन वर्ष अध्ययन गरिसकेका इच्छुक विद्यार्थीहरूले यही पुस १७ गतेसम्म महानगरपालिकाको कानून तथा मानव अधिकार विभागमा निवेदन दिन सक्नेछन् । निवेदनसँगै नागरिकताको प्रतिलिपि, कानून क्याम्पसमा तीन वर्ष अध्ययन गरिसकेको शैक्षिक प्रमाणपत्र र अध्ययनरत विद्यार्थीको हकमा सम्बन्धित क्याम्पसको सिफारिश पनि चाहिने महानगरपालिकाले जनाएको छ ।