Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज बिहान गएको भूकम्पले बाजुराका केही घरमा क्षति पुगेको आशङ्का

आज बिहान गएको भूकम्पले बाजुराका केही घरमा क्षति पुगेको आशङ्का

 

काठमार्डौ । आज बिहानै गएको भूकम्पले बाजुराको जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्रमा केही घरमा क्षति पुगेको आशङ्का गरिएको छ ।

वडाध्यक्ष गौरी सार्कीले मानवीय क्षति नभएको तर केही घरमा क्षति भएको हुन सक्ने जानकारी दिए। भौतिक क्षति के कति भयो भन्नेबारे जानकारी सङ्कलनको काम भइरहेको उनको भनाई छ । बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले कुनै मानवीय क्षति भएकोबारे जानकारी नआएको बताएका छन् । जगन्नाथ गाउँपालिका–५ गोत्री क्षेत्र आसपास केन्द्रबिन्दु भएर बिहान चार बजेर १४ मिनेटमा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको धक्का बाजुरासहित सुदूरपश्चिम र कर्णालीका विभिन्न जिल्लामा महसुस गरिएको थियो ।