काठमाडौँ ।काठमाडौँ महानगपालिकाका मेयर बालेन शाहले भाटभटेनी सुपर मार्केटलाई जरिवाना तिराएका छन । काठमाडौँ महानगपालिकाकाले भाटभटेनी सुपर मार्केटले कुहिएको नरिवल बिक्री गरेको भन्दै भाटभटेनीको त्रिपुरेश्वर आउटलेटलाई २ लाख रुपैयाँ जरिवाना तिराएको जानकारी दिएको छ ।
सो आउटलेटबाट ४४ प्याकेज अखाद्य नरिवल बरामद गरेर नष्ट गरेको महानगरका निरीक्षण अधिकृत अवधेश झाले जानकारी दिएका दिएका छन । काठमाण्डौ महानगरका मेयर बालेन शाहले गल्ती गर्ने कसैलाई पनि छुट दिदैन भन्ने आमजनताले बुझीसकेका छन । उनले न आफनो हेर्छन न अरुको महानगरभित्र कतै गल्ती कमजोरि भईरहेको छ भन्ने त्यसमाथि कडा एक्सन चालेकै हुन्छन । पछिल्लो समयमा बालेन शाहले फोहोर व्यवस्थापना समेत निकै अग्रसरता देखाएका छन । अस्ति मात्रै काठमाडौं महानगरपालिकाले थप एउटा स्वास्थ्य संस्थालाई जरिवाना गराएको छ । महानगरको एक नम्बर वडामा रहेको आवरण स्किन क्लिनिकलाई अस्पतालजन्य फोहोर जथाभावी फालेको भन्दै ५० हजार जरिबाना गरेको हो ।