Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कांग्रेस र कम्युनिष्टले देश कंगाल बनाउँन लागेको जसपाको आरोप

कांग्रेस र कम्युनिष्टले देश कंगाल बनाउँन लागेको जसपाको आरोप

काठमाडौँ । ३५ वर्ष शासन गरेका कांग्रेस र कम्युनिष्टले १५७ उद्योग कलकारखाना बेचेर खाएको जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आरोप लगाएका छन् । सिरहामा आयोजित मंगलबार ‘जनतासँग जसपा नेपालःआधारभूत संगठन निर्माण अभियान’ कार्यक्रममा बोल्दै उनले कांग्रेस र कम्युनिष्टकै कारण देश कंगाल बन्न लागेको समेत बताएका छन ।

उनले कांग्रेस र कम्युनिष्टले उद्योग कलकारखाना मात्र होइन, स्वास्थ्य र शिक्षासमेत बर्बाद गरेको आरोप लगाए हुन । अध्यक्ष यादवले भने, ‘विदेशी मित्र राष्ट्रहरुले उद्योग कलकारखाना खोलिदिएका थिए । दशौं हजार मानिसले रोजगारी पाएका थिए, तर कांग्रेस र कम्युनिष्टले ३५ वर्षमा सबै बेचे । कमिसन दिएर उद्योग कलकारखाना किनेकाहरुले पनि चलाउन सकेनन् र अहिले सबै बन्द भइसकेको छ ।’

‘३५ वर्ष अगाडि मात्र ३४० जना विदेशमा काम गर्न गएका थिए’, उनले भने, ‘तर उद्योग कलकारखाना सबै बन्द भएपछि मानिसहरु खाडी मुलुक साउदी अरब, कतार जान थाले । अहिले करिब ७० लाख युवा विदेशमा छन् ।’उनले उदाहरण दिदै ‘धेरै टाढा जानुपर्दैन । नेपालको साइडमै छ भुटान ।

त्यतिबेला पढेको थिएँ, संसारकै सबभन्दा पछाडि परेको देश भुटान । तपाईंहरुले पनि पढ्नुभएको होला, तर आज कहाँ पुग्यो भुटान थाहै होला । नेपालमा भन्दा प्रतिव्यक्ति आम्दानी चार गुणा बढी छ । भुटानमा शिक्षा र स्वास्थ्य पनि निःशुल्क छ ।’ नेताको अग्रगामी सोचकै कारण भुटान विकसित बनेको भन्दै उनले नेपाललाई कांग्रेस र कम्युनिष्ट मिलेर अझै बर्बाद गर्न लागेको बताए ।