काठमाडौँ । आज पश्चिमी वायुको सामान्य प्रभाव देशभर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
बिहान तराई तथा उपत्यका केही स्थानमा हुस्सुको सम्भावना छ । साथै थोरै स्थानमा कुहिरो तथा गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।
दिउँसो गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।