Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस मनायो

ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस मनायो

काठमाडौैँ । आज ललितपुर महानगरपालिकाले १०६ औं स्थापना दिवस भव्यताका साथमा मनाएको छ । हरेक वर्ष पुस २ गते महानगरले विभिन्न कार्यक्रम गरी आफ्नो स्थापना दिवस मनाउने गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा महानगरले विभिन्न व्यक्तिहरूलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

दिवसको अवसर पारेर महानगरले एक वर्षभित्र गरेका कामहरूलाई चित्रमा उतारेर ‘अदृश्य कामहरू दृश्यमा’ नाम दिएर हिजो सार्वजनिक गरेको थियो । महानगरका मेयर चिरीबाबु महर्जनको नेतृत्वमा महानगर प्रहरी प्रमुख सीताराम हाछेथुको सक्रियतामा भएका कामहरूलाई सचित्र उतारेर सार्वजनिक गरिएको हो ।

ललितपुर महानगरले अनधिकृत संरचना हटाएको, बाढी पहिरोमा परेकाको उद्धार गरेको, सडक बालबालिकाहरूको उद्धार गरेको, महानगरभित्र सहज ढङ्गले हिँडडुल गर्नका लागि सडकमा हुने गाडी पार्किङ हटाइएको लगायत कामहरूलाई समेटेको छ ।