Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सबैभन्दा बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् साँझको समयमा कटौती हुने

सबैभन्दा बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् साँझको समयमा कटौती हुने

काठमाडौँ । सबैभन्दा बढी विद्युत् माग हुने औद्योगिक क्षेत्रको विद्युत् केही कटौती हुने भएको छ । साँझको समयमा उक्त उद्योगहरुको लाइन काटिने नेपाल विद्युत प्राधिकरणले जानकारी दिएको छ ।

साँझको समयमा (पिक आवर) औद्योगिक क्षेत्रको विद्युत् कटौती गर्नुपर्ने अवस्था आइलागेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । हिउँदको समयमा खोला तथा नदीको बहाव घट्दै जाँदा जलविद्युत् आयोजनाको उत्पादन घट्दै गएकाले पिक आवरमा औद्योगिक क्षेत्रमा केही समय विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणले बताएको हो । यस वर्ष सञ्चालनमा रहेका जलविद्युत आयोजनाहरु मध्ये सबैभन्दा ठूलो ४५६ मेगावाटको माथिल्लो तामाकोशीबाट उत्पादन बन्द हुँदा हिउँदयामको पिक समयको विद्युत् व्यवस्थापनमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिखएका छन ।

कार्यकारी निर्देशक घिसिङले पिक समयमा औद्योगिकबाहेक अन्य ग्राहकको विद्युत् आपूर्ति कटौती गर्नु पर्ने अवस्था नरहेको प्रष्ट पारेका छन । घिसिङले माथिल्लो तामाकोशी पनि बन्द रहेको र पिक समयका ४ घण्टा भारतबाट विद्युत् आयात गर्नसमेत नपाउँदा औद्योगिक क्षेत्रको विद्युत् केही कटौती गर्नु पर्ने वाध्यात्मक अवस्था सिर्जना भएको बताएका छन ।