Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आजको मौसम कस्तो रहँला ?

आजको मौसम कस्तो रहँला ?

काठमाडौँ । आज देशभरको मौसमसफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले तराईका केही ठाउँमा हुस्सु लागेको छ । महाशाखाका अनुसार राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । यस्तै गण्डकी, कर्णाली र सुदूरपश्चिममा मौसम आंशिक बदली हुनेछ । शनिबार यो वर्षकै कम तापक्रम हुँदा काठमाडौंको न्यूनतम तापक्रम २ डिग्री सेल्सियस मापन भएको थियो ।

त्यसको तुलनामा आइतबार र सोमबार काठमाडौंसहित अन्य भूभागको न्यूनतम तापक्रम केही उकालो लागेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । शनिबारको तुलनामा आइतबार र सोमबार केही कम चिसो महशुस गरिएको छ ।