Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आज मौसम सामान्यतया सफा रहने, उपत्यकामा हिजको भन्दा आज कम चिसो

आज मौसम सामान्यतया सफा रहने, उपत्यकामा हिजको भन्दा आज कम चिसो

काठमाडौँ । आज मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

आज बिहान काठमाण्डौ उपत्यका र तराईका केही ठाउँमा तुवाँलो र हुस्सु लागे पनि दिउँसोदेखि तुवाँलो र हुस्सु हट्ने महाशाखाले बताएको छ । यसैबीच, काठमाण्डौ उपत्यकामा हिजो बिहानको तुलनामा आज कम चिसो छ ।

हिजो न्यूनतम तापक्रम दुई डिग्री सेल्सियस मापन गरिएकोमा आज बिहान चार दशमलव पाँच डिग्री सेल्सियस पुगेको छ । आज काठमाण्डौ उपत्यकाको अधिकतम तापक्रम १६ देखि १८ डिग्री सेल्सियसका बीच रहने महाशाखाको पूर्वानुमान छ ।