Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झर्यो, उपत्यकामा २ डिग्री तापक्रम

देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झर्यो, उपत्यकामा २ डिग्री तापक्रम

काठमाडौँ । उपत्यकामा आज निकै चिसो बढेको छ,जसले गर्दा जनजीवन कष्टकर बन्दै गएको छ । काठमाडौँ उपत्यकामा तापक्रम क्रमश घट्दै जान थालेको छ । शनिवार आज २ दशमलव ५ डिग्री सेल्सियसमा तापक्रम झरेको छ ।

शुक्रकार न्यूनतम तापक्रम ३ दशमलव १ डिग्री सेल्सियस रहेको थियो । देशका उच्च पहाडी र हिमाली क्षेत्रको तापक्रम माइनसमा झरेको छ । जुम्लाको न्यूनतम तापक्रम माइनस ७, जोमसोमको माइनस ५ र दोलखा जिरीको माइनस २ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । काठमाण्डौमा बिहानैदेखि घाम लागेको छ । तर तराई र पहाडका बेँसीहरूमा भने हुस्सु र कुहिरो लागेको छ ।