काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सरकारले ज्यादती गरेको माओवादीका उपमहासचिव वर्षमान पुनले सरकारको आलोचना गरेका छन । उनले रबिलाई विभिन्न जिल्लामा घुमाएर सरकारले रास्वपासहित अरु दललाई तर्साउन लामिछानेलाई एकपछि अर्को जिल्लामा घुमाइरहेको समेत बताएका छन । मंगलबार हिज तनहुँको आँखुबैरेनी गाउँपालिकाको दोश्रो अधिवेशन उदघाटन तथा खबरदारीसभामा बोल्दै उनले पुनले लामिछानेलाई मध्यरातमा उठाएर चितवनबाट पोखरा लैजानुको कारणबारे सरकारले जवाफ दिनुपर्ने बताएका छन ।
उनले उक्त कार्यक्रममा बोल्दै भनेका छन ‘रवि लामिछानेमाथि छानबिन गर्ने कुरामा हाम्रो भन्नु केही छैन । तर, कहिले पोखरा, कहिले भैरहवा, कहिले काठमाडौं, चितवन र कहिले पर्सा हिंडाएको हिँडायै किन गरिएको छ? के अरु प्रतिपक्षी दललाई पनि तर्साउन खोजिएको हो ?’, उनले भने, ‘राज्यको नियन्त्रणमा रहेको व्यक्तिबाट सरकारले के खतरा देख्यो मध्यरातमा उठाएर मौलिक अधिकार, मानव अधिकार, र सामान्य प्रक्रिया पनि पुरा नगरी किन चितवनबाट पोखरा लगियो ? सहकारीका बचत हिनामिना भएका पीडितको रकम फिर्ता गराउन भन्दा पनि सरकार लामिछानेप्रति प्रतिशोध साँध्न तल्लीन रहेको पुनले बताएका छन । यस्तै उनले ‘स्वार्थ समुह र विचौलियाको स्वार्थ टकराएका कारण हामी सरकारबाट बाहिरिन पुग्यौं । त्यतिेबला यो कुरा हामीले भन्दा माओवादीले सरकार छाड्दाका पीडा व्यक्त गरेको भनियो । आज सरकारका गतिविधि र तथ्यहरुले नै भनिरहेको छ कि हामीले त्यतिबेला भनेका कुरा सही थिए’, पुनले भने । पुनले नक्कली भुटानी शरणार्थी प्रकरण, गिरिबन्धु टी स्टेट प्रकरण, बाँसबारीको सरकारी जग्गा हडपिएको जस्ता प्रकरण छानबिनका लागि तत्कालीन सरकारको पालामा खोलिएको फाइल ओली सरकारले बन्द गरेको आरोप लगाए ।
‘ती प्रकरणहरुमा अघि बढेको छानबिन कहाँ पुगेको छ ?’, उनले भनेका छन । केही दिन अघि उनलाई रातारात पोखरा लगिएको बिषयले राजनिति क्षेत्र गर्माएको छ । उक्त कुराको सत्ता र प्रतिपक्षमा नेताहरुले समेत सरकारको खुलेरै बिरोध गरेका छन । माओवादीका अध्यक्ष समेत रबि प्रति भएको ज्यदतीको बिरोध गरेका छन,उनले अदालतबाट दोषी ठहर नभएका, अत्याधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु। त्यसप्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु भनेर सामाजिक सञ्जालमा लेखेका छन । यस्तै माओवादीका नेता नारायण काजी श्रेष्ठले समेत सरकारको आलोचना गरेका छन,उनले रबि माथि भएको ज्यादती रोक्न समेत माग गरेका छन । पछिल्लो समय सत्ता पक्षका नेताले समेत बिरोध नेपाली काग्रेसका सांसद सुनिल शर्माले समेत रबिको समेत बोलेका छन उनी सँगै बाबुराम भट्टराई,ज्ञानेन्द्र शाही लगाएतका नेताहरुले समेत रबि बिरुद्ध भएको ज्यादती रोक्न माग गरेका छन ।