Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको प्रधानमन्त्री ओलीको जिकिर

व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन हुँदै आएको प्रधानमन्त्री ओलीको जिकिर

काठमाडौँ । झापाको गौरादह नगरपालिका वडा न ४ र ५ अन्तर्गतको जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरणको आज प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्नुभएको छ । साबिक महारानीझोडा गाविसमा चार हजार घरघुरीका करिब आठ हजार कित्ताको नापी प्रमाणित नभएका कारण स्थानीयबासीले लामो समयदेखि समस्या भोग्दै आएकोमा सरकारले गठन आदेशबाट समिति बनाइ समाधानको पहल गरेपछि प्रमाणपूर्जा वितरण सुरु हुन सकेको हो ।

प्रधानमन्त्री ओलीले व्यवस्था परिवर्तनपछि अवस्थामा परिवर्तन भएन भन्नेहरुका लागि जवाफ मिल्ने गरी अहिलेको संयुक्त सरकारले काम गरिरहेको बताउँदै जनताको हरेक समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मुलुकमा अस्थिरता मच्चाउने र देशको समस्या समाधान भएको देख्न नसक्नेहरुले सरकार ढल्न लाग्यो भनेर हल्ला फैलाएपनि नेपाली काङ्ग्रेस र नेकपा एमालेबीचको सहमति अनुसार अबको १८ महिनापछि काङ्ग्रेसका सभापतिलाई सत्ता हस्तान्तरण गर्ने पुनः स्मरण गराउनुभयो ।