विशाल अधिकारी,काठमाडौँ । गाउँपालिका अध्यक्षले आफ्नो मनोमानी अनुसार शिक्षिकाको सरुवा गरेपछि स्थानीयहरु आक्रोशित बनेका छन । सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा वडा नं ५ मा रहेको जनसेवा आधारभुत विद्यालयमा कार्यरत विज्ञान र गणित बिषय पढाउँने शिक्षिका पार्वती भट्टराई को सरुवा अस्वभाविक रुपमा भएको र घर पाएक पर्ने गरेर सरुवा गरेको तर उक्त विषयमा कुनै पनि निकाय सँग जानकारी नगराई गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले दादागिरी गरेको भन्दै स्थानीय र विद्यालय व्यवस्थापन समिति नै आन्दोलनमा उत्रिएका छन् ।
शिक्षक पार्वती भट्टराई विगत १ वर्ष देखि उक्त विद्यालयमा कार्यरत रहेकी थिइन् । शिक्षिका पार्वतीले सरुवा हुँदा कसैलाई पनि जानकारी नगराई हिडेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल लामाले बताएका छन् । यस्तै वडा नं ५ वडा अध्यक्ष यादब ठाकुरले पनि आफुसँग कुनै समन्वय नगरेको बताएका छन् । यस विषयमा विद्यालय व्यवस्थापन समिति र विद्यालय अभिभावक संघले संयुक्त रुपमै ज्ञापन पत्र निकालेर यसको विरोध गरेका छन् ।
ज्ञापन पत्रमा भनिएको छ,“जनसेवा आधारभुत विद्यालय गाउँपलिकाको नजरमा सधै आँखाको तारो बनेको र कहिले पनि यस प्रति सकरात्मक सोच नराख्ने विद्यालयलाई सधै आफ्नो अधीनमा राख्न खोज्ने,यहाँका हरेक कामलाई नकरात्मक रुपमा नजर लगाउँने कार्य पटक पटक हुँदै आएको र यस पटक पनि उक्त कार्य भएको र कसैलाई जानकारी नदिई विद्यालयमा कार्यरत शिक्षिका पार्वती भट्टराई लाई जलपा देबी मा.बिमा सरुवा गरिएकाले उनलाई बिना शर्त काजमा फिर्ता गर्न र पठनपाठनलाई नियमित रुपमा सुचार गर्ने वातावरण सिर्जना गरिदिन उक्त पत्रमा भनिएको छ । यस्तै यो यो कुरालाई बेवास्ता गरि अटेर गरेमा थप कडा आन्दोलन गर्ने चेतावनी समेत दिइएको छ ।”


ती शिक्षिका स्थायी दरबन्दीको रुपमा उक्त विद्यालयमा कार्यरत रहेकी थिइन् । उनको अकस्मात सरुवा भएपछि विद्यालयको पठनपाठनमा समेत असर परेको विद्यालयमाका प्र.अ तोक बहादुर सुवेदीले बताएका छन् । गाउँपालिका अध्यक्ष सँग यो कुरा बुभm्न खोज्दा उक्त शिक्षिकाको आफन्तको अप्रेशन रहेको र उनको सहजताको लागि यो कार्य गरिएको बताएका छन्,उनले शिक्षिका पार्वती भट्टराई लाई १ महिना पछि उक्त विद्यालयमा नै पठाइने बताएको र जनसेवा आधारभुत विद्यालयमा आफुले छिट्टै शिक्षक पठाइदिने भन्दै आश्वासन दिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल लामाले लालीगुँरास डटकमलाई जानकारी दिएका छन् । त्यस्तै गाउँपालिकामा रहेको शिक्षाशाखा प्रमुख सल बहादुर पाण्डेले गाउँपालिकाको शिक्षाको सुधारमा कुनै पहल नगरेको स्थानीयले आरोप लगाउँदै आएका छन् ।
