Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अप्लाई ग्लोबलको अमेरिका उच्च अध्ययन सम्बन्धी छात्रबृत्ति कार्यक्रम सम्पन्न

अप्लाई ग्लोबलको अमेरिका उच्च अध्ययन सम्बन्धी छात्रबृत्ति कार्यक्रम सम्पन्न

काठमाडौँ । अमेरिका स्थित रहेको अप्लाई ग्लोबलले काठमाडौँ रहेको होटल म्यारेडमा एक भव्य समारोह आयोजना सम्पन्न गरेको छ । अमेरिकामा उच्च शिक्षा अध्ययनका लागि निकै प्रसिद्ध रहेका विश्वविद्यालहरुमा सहकार्य गदैँ आएको अप्लाई ग्लोबलले उक्त कार्यक्रम आयोजना गरेको थियो । अप्लाई ग्लोबलले नेपाल लगाएतका भारत,बंगलादेश,श्रीलंका,म्यानमार,फिलिपिन्स,भियतनाम लगायतका यी देशहरुमा आफनो सम्बन्ध बिस्तार गरेको छ । उक्त सहकार्यले प्रत्यक्ष रुपमा ती देशमा रहेका विद्यार्थी र अभिभावकहरुलाई प्रत्यक्षरुपमा परामर्श र विश्वविद्यालहरुमा बिद्यार्थी र अभिभावकहरुलाई भर्ना सम्बन्धमा समेत बिशेष सहयोग गदैँ आएको छ ।

यसका प्रेसिडेन्ट पवन बिष्टले “नेपाल लगायतका यी देशहरुमा निकै उत्साहाजनक र निकै सफलता पुर्वक सम्झौता,सहकार्य भएको र भिसाको माग पनि उच्च रहेको बताएका छन् । यसले आफुहरुलाई अझ सफतला मिलेको उनले उल्लेख गरका छन । उनले भनेका छन यसले अझ हामीहरुलाई काम गर्न थप हौसला प्राप्त गरेको बताएका छन,‘उनले भने हामीले हाम्रा सेवाहरु अन्य देशमा समेत विस्तार गदैँ जाने छौँ र विद्यार्थीहरुलाई सहज रुपमा सेवा दिन सदैव तत्पर रहेको बताएका थिए ।’

त्यसैगरी अप्लाई ग्लोबल सँग सम्बन्धित संस्था इनरोलमेन्ट एडभाइजरी ग्रुपका प्रेसिडेन्ट केनेथ डिसाइयाले पनि “अप्लाई ग्लोबल सँग सहकार्य गरेर विभिन्न देशमा रहेका विद्यार्थी र एजेन्सीहरु सँग काम गर्न पाउँदा आफुलाई निकै खुसी लागेको बताएका छन । उनले आफु निकै हर्षित भएको र आफुलाई गौरबको महसुस भएको समेत उनले बताएका छन । आगामी दिनहरुमा पनि थप उच्च रुपमा विश्वविद्यालहरु सँग मिलेर काम गर्न आफु आतुर रहेको उनले बताएका थिए ।” अप्लाई ग्लोबल अन्तगर्तका नाम चलेका विश्वविद्यालहरु र युनिभर्ससिटीहरुमा नेपाली विद्याथीहरु जाने गरेका छन । साथै यसका अन्य २ दर्जनभन्दा बढी प्रत्यक्ष रुपमा सम्बन्ध भएका युनिभर्ससिटीहरुमा विद्यार्थीको माग बढेको र उच्च अझ विस्तार गरिने पनि बताइएको छ । अप्लाई ग्लोबल अमेरिकाको क्यालिफोर्निया बाट विगत १० बर्ष देखि सञ्चालन हुँदै आएको छ ।