Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सञ्चालनको ३ महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द

सञ्चालनको ३ महिना नबित्दै धरहरा अनिश्चितकालका लागि बन्द

काठमाडौँ । गत असोज ३ गतेबाट सर्बसाधारणले चढ्न पाउँने गरी सञ्चालनमा ल्याइएको धरहरा तीन महिना नबित्दै भएको छ । धरहराको लिफ्ट बिग्रिएपछि अनिश्चितकालका लागि धरहरा बन्द भएको सहरी विकास भवन निर्माण विभागले जानकारी दिएको छ । २०७२ को भूकम्पले धरहरा ढालेपछि २०७५ सालदेखि निर्माण थालिएको थियो,निर्माण थालेको ६ वर्षपछि पुरा निर्माण सम्पन्न नहुँदै असोज ३ गते संविधान दिवसको दिन सञ्चालनमा ल्याइएको थियो । तत्काल परीक्षणका लागि खुला गरिएको धरहरामा दैनिक ६०० जना निःशुल्क चढ्न पाउने व्यवस्था गरेको थियो । सहरी तथा भवन निर्माण विभागअन्तर्गत आयोजना कार्यान्वयन एकाइले ट्रान्सफर्मर, लिफ्टलगायतको मर्मतका लागि धरहरा बन्द गर्नुपर्ने अवस्था आएको दाबी गरेको छ ।

२०७२ सालको भूकम्पले ढलेको धरहरा आधुनिक र सुविधायुक्त बनाइएको छ । बाहिरी स्वरूप पुरानो धरहराजस्तै देखिने बनाइएको भए पनि भित्रि संरचना भने फरक रहेको छ । बाहिरबाट हेर्दा ११ तला जस्तो देखिने धरहरामा भित्रि संरचना भने २२ तलाको रहेको छ । धरहरा टावरमुनि तीन तले पार्किङ बनाइएको छ । यस्तै धरहरा अवलोकन गर्नका लागि शुल्क समेत निर्धारण गर्न सरकारले सकेको छैन । केही समय अघि शुल्क निर्धारणपछि सर्वसाधारणका लागि खोलिने सहकारी विकास मन्त्रालयले जनाएको थियो । तर, हालसम्म शुल्क निर्धारण हुन सकेको छैन । अस्थायी शुल्क निर्धारणका लागि मन्त्रिपरिषद्मा प्रस्ताव समेत पेस भएको छ । मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि शुल्क पनि निर्धारण हुने बताइएको छ ।

धरहरामा दैनिक ६ सयजना चढ्न पाउने व्यवस्था रहेको थियो । गत असोज ३ गते कार्यविधिविनै धरहरा सञ्चालन गरिएको थियो । नेकपा एमालेका अध्यक्ष एवम हालका प्रधानमन्त्री केपी शर्माओलीले नै यसअघि प्रधानमन्त्री रहदा २०७८ सालमै मै धरहराको उद्घाटन गरेका थिए । धरहरा अझै पूर्ण रूपमा भने बनिसकेको छैन । धरहरापरिसरमा रहेको ठुटे धरहरा (पुरानो) र सुन्धारा पुनर्निर्माण सुरु भएको छैन । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।

जसकारण पहिले पाँच रोपनी क्षेत्रफलमा फैलिएको धरहरा अहिले ४२ रोपनी जग्गमा विस्तार भएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पारित गरेको डिजाइनअनुसार गोस्वारा हुलाक भएको ठाउँमा धरहरा प्रवेशद्वार रहेको छ । बुधवार र सार्वजनिक बिदाको दिनबाहेक धरहरा सँधैका लागि खुला गर्ने गरिन्छ । हालसम्म २५ हजार ७४२ जनाले धरहरा चढेका छन ।