Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

पूर्वराजा ज्ञानेन्द्रले दिए ईतिहास रचेकी पलेशालाई बधाई , ६० वर्षपछि नेपाललाई ओलम्पिकमा पहिलो पदक

पूर्वराजा ज्ञानेन्द्रले दिए ईतिहास रचेकी पलेशालाई बधाई , ६० वर्षपछि नेपाललाई ओलम्पिकमा पहिलो पदक

काठमाडौँ, पूर्वराजा ज्ञानेन्द्र शाहले ६० वर्षपछि ओलम्पिक इतिहासमा नेपालको लागि पहिलो पदक दिलाउने काश्य पदक विजेता तेक्वान्दोकी पलेशा गोवर्धनलाई बधाई तथा शुभकामान दिएका छन्। आइतबार पूर्वराजा ज्ञानेन्द्रले पलेशाले प्राप्त गरेको सुखद् खबरले खुशी तुल्याएको उल्लेख गरेका छन्। उनले भनेका छन्–‘देशले विभिन्न चुनौतीहरुको सामना गरिरहनु परेको वर्तमान समयमा पारा तेक्वान्दोकी पलेशा गोवर्धनले अनेकौं प्रतिकुलताका बावजूत जुन सफलता हासिल गरेकी छिन् यसले नेपाली खेलकुद इतिहास मै ठूलो सफलता प्राप्त गरेको छ भने नेपालको राष्ट्रिय गौरब बढाएको हामीले महशुस गरेका छौं।’

उनले अन्तर्राष्ट्रिय खेलकुदमा ऐतिहासिक र पहिलो ठूलो पदक जित्न सफल भएकोमा पारा तेक्वान्दोकी पलेशा गोवर्धन सहित तेक्वान्दो एसोशियसन र तेक्वान्दो टीमलाई यो सफलताको लागि बधाई तथा शुभकामना दिएका छन्। पेरिस पारालिम्पिक–२०२४ अन्तर्गत भएको के–४४ क्याटेगोरीअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिष्पर्धामा मारिजा मिचेभलाई १५–८ ले पराजित गर्दै पलेशाले काश्य पदक जितेकी हुन्। योसँगै पारालिम्पिकमा पदक जित्ने उनी पहिलो नेपाली खेलाडी बनेकी छन्।

नेपाली खेलकुदमा अहिलेसम्मकै ठूलो पदक दिलाउदै पारा तेक्वान्दोकी कीर्तिमानी खेलाडी पलेशा गोवर्धनले पेरिस पारालिम्पिक्समा नेपाललाई ईतिहास रचेकी छन । पेरिस पारालिम्पिक्समा कास्य पदक जितेर नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी हुन । पलेशाले अब सरकारबाट ६५ लाख रुपैयाँ प्राप्त गर्नेछिन्। पलेशाले पेरिसमा जारी पारालिम्पिक्समा शुक्रवार कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी खेलाडीलाई १५–८ ले हराउँदै नेपालका लागि पहिलो एतिहासिक कास्य पदक जितेकी हुन्।

राष्ट्रिय खेलकुद विकास नियमावली २०७९ अनुसार समर ओलम्पिक्स, विन्टर ओलम्पिक्स ,पारालिम्पिक्स, विशेष ओलम्पिक्स र विश्व कप फुटबल जित्नेलाई निर्धारण गरिएको पुरस्कार अनुसार पलेशालाई सरकारले ६५ लाख रुपैयाँ पुरस्कार स्वरुप दिनुपर्नेछ। नियमावलीमा व्यक्तिगततर्फ स्वर्ण पदक जित्नेलाई १ करोड ३० लाख, रजत पदक जित्नेलाई ९७ लाख र कास्य पदक जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था रहेको छ। यही व्यवस्था अनुरूप पलेशाले ६५ लाख नगद नेपाल सरकारबाट प्राप्त गर्नेछिन् । यसरी पुरस्कृत हुने उनी पहिलो नेपाली खेलाडी बन्नेछिन् । पलेशाका प्रशिक्षक कविराज नेगी लामाले ५ लाख ८५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै नेपाल तेक्वान्दो संघले ११ लाख ९२ हजार रुपैयाँ प्राप्त गर्नेछ। त्यसो त पलेशामाथि अब धेरै निजी क्षेत्रका संघसंस्थाहरूले समेत पुरस्कार घोषणा गर्ने छन्। जसका कारण उनले खेल क्षेत्रबाट पुरस्कारस्वरूप सर्वाधिक रकम प्राप्त गर्ने खेलाडीका रूपमा समेत रहन सक्ने छिन्। शुक्रबार राति भएको खेलमा पलेशाले के–४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समूहको कास्य पदक जितेकी हुन्।

योसँगै पलेशा ओलम्पिक्स र पारालिम्पिक्समा नेपाललाई पदक दिलाउने पहिलो खेलाडी बन्न सफल भएकी छन्।पलेशाले कास्य पदकका लागि भएको रिपाचेजमा सर्बियाकी मारिजा मिकेभलाई १५–८ ले हराएकी हुन्। यसअघि पलेशाले पेरिस पारालिम्पिक्सअन्तर्गत रिपाचेजको पहिलो खेलमा फ्रान्सकी सोफी काभरजानलाई २–१ को स्कोरमा जितेकी थिइन्।