Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद शर्माको केएमसी टोलीद्वारा पशुपतिको कोटिहोममा स्वास्थ्य शिविर आयोजना

सांसद शर्माको केएमसी टोलीद्वारा पशुपतिको कोटिहोममा स्वास्थ्य शिविर आयोजना

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले पशुपतिको कोटिहोममा निःशुल्क स्वास्थ्य शिविर आयोजनागरेको छ ।

उक्त शिविर बुधबारदेखि लगातार यो महिनाभर सात जना विशेषज्ञ चिकित्सकको टिमले निःशुल्क उपचार गर्ने केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । चिकित्सकको टोलीले औषधिसमेत निःशुल्क उपलब्ध गराउने उनले जानकारी दिए ।

नेपाली कांग्रेसका सांसद तथा डा.सुनीलकुमार शर्माले केएमसी सम्हालेपछि हाल केएमसीले सेवा सुविधा थपि देशका बिभिन्न ठाउँमा पुगेर सामाजिक उत्तरदायित्व अन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।