Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सांसद शर्माको केएमसी स्वास्थ्य टोलीद्वारा काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

सांसद शर्माको केएमसी स्वास्थ्य टोलीद्वारा काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले काभ्रेपलाञ्चोकको पाँचखालमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

पाँचखालको भक्रमदेवी मावि पाँचखाल–२ मा आयोजित स्वास्थ्य शिविरमा ५५५ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ६५ जनाको ईसीजी, ३१ जनाको ल्याब परीक्षण र ८८ जनाको भिडियो एक्सरे गरिएको थियो । १८ जनाको दाँत खोलिएको थियो भने ४२ जना बिरामीलाई शल्यक्रियाका लागि केएमसी अस्पतालमा रेफर गरिएको छ ।

डा. शर्माले काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड केएमसी सम्हालेपछि हाल केएमसीले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।