Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

कर्णालीमा झोलुंगेपुल चुडिएपछि सयौ बिद्यार्थी पढाईबाट बञ्चित, नुन किन्न समेत नपाएपछि सरकारलाई गुहारे

कर्णालीमा झोलुंगेपुल चुडिएपछि सयौ बिद्यार्थी पढाईबाट बञ्चित, नुन किन्न समेत नपाएपछि सरकारलाई गुहारे

कर्णाली नदीको झोलुंगेपुल चुडिएपछि यतिबेला त्यहाका सयौ विद्यार्थी स्कुल जानबाट बञ्चित भएका छन ।

केही दिन अघि मात्र कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका १३ मध्ये ११ वटा खच्चडको पाँच घन्टापछि उद्धार गरियो । ८ वटा खच्चडलाई पुलको जाली काटेर कर्णाली नदीमा खसाएर उद्धार गरिएको हो भने तीन वटालाई बगरमा खस्ने जोखिम भएपछि डोरीले तानेर उद्धार गरिएको थियो । पुलमा फसेका दुइटा खच्चडलाई भने बचाउन सकिएन। अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९ र दैलेखको आठबिस नगरपालिका वडा–४ जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुल चुडिएसँगै यतिखेर आवतजावतमा बन्द गरिएको छ। झोलुंगेपुल नभएपछि स्थानीयबासीहरूको दैनिकी चलाउनै सकस परेको छ ।

यो पुल २२ वर्ष पुरानो हो। खिड्कीज्युला बजारमा कर्णाली राजमार्ग बनेपछि केही सुविधा थपिएका थिए। यो पुलबाट ओहोरदोहोर गर्ने पञ्चदेवलको भाटगाउँ, कालेकाँडा लगायतका गाउँमा भने निकै विकटता छ। उनीहरुले खाद्यान्न, लत्ताकपडा किन्ने नजिकको बजार भनेको पनि दैलेखकै खिड्कीज्युला हो। यता बिद्यार्थीहरु नै पढाईबाट बञ्चित भएपछि तत्काल पुल बनाउन त्यहाका स्थानियले सबैमा अपिल गरेका छन । राज्यले यसतर्फ बिशेष चासो दिनुपर्ने माग उठिरहेका छ । सामान्य घरखर्च चलाउन र बिहान बेलुका छाक टार्न समेत कठिनाई भईरहेको छ । अरु बेलामा यसैगरी खच्चड हिँडाल्ने पुलमा आइतबार अस्वाभाविक रुपमा लठ्ठा चुँडिएको हो ।अछामको विद्यालयमा पढ्न जाने दैलेखका कयौं विद्यार्थीका लागि कर्णाली यही पुलबाट तर्थे।

अछामको पञ्चदेवल विनायक नगरपालिका–९ कालेडाँडामा चण्डिका माध्यमिक विद्यालय छ। यो विद्यालयमा दैलेखको आठबीस नगरपालिका–६ र ४ का तल्लो गाउँका थुप्रै बालबालिका पढ्न जान्छन्।उनीहरुलाई आफ्नो पालिकाको विद्यालय जानुपरेमा डेढ घण्टा लाग्ने भएकाले अछामको विद्यालयमा पढ्ने गरेको थिए । उनकाअनुसार उक्त झोलुंगे पुल तरेर अछामको चण्डिका माध्यमिक विद्यालयमा जान बढीमा १५ मिनेट लाग्छ। आफ्नै पालिका भित्रका विद्यालयमा जान ती गाउँका विद्यार्थीलाई डेढ घण्टासम्म लाग्छ। स्थानीय समाजसेवी भरत साउदका अनुसार राज्यलाई छिटो पक्की पुल निर्माणको लागि दबाब दिन आर्थिक संकलन अभियान थालिएको छ। पुलको लट्ठा चुडिएर घाइते भएका खच्चडलाई मलमपट्टि र मरेका खच्चड मालिकलाई राहतको लागि पनि यो अभियान चलाइएको उनले जानकारी दिए। हुम्ला, मुगु, बाजुरा, कालीकोट, अछाम, दैलेख, डोटी, सुर्खेत, कैलाली र बर्दिया भएर बग्ने यो नदीको तटमा थुप्रै बस्ती छन् । कर्णाली नदी जल पर्यटन तथा पर्यावरणीय हिसाबले महत्वपूर्ण मानिन्छ । तर बाह्रै मास बगिरहने यो नदीले नदीआसपासका नागरिकलाई वर्षौंदेखि पीडा दिइरहेको छ ।

भाटगाउँ, दानकोट, भानकोट, बूढागाउँ, कालेकाँडा, राँकु, कोसेडीलगायतका गाउँमा नुन, तेल, खाद्यान्न तथा विकास निर्माणका सामग्रीहरू यही झोलुंगे पुलबाटै ढुवानी हुँदै आएको थियो । दैलेख र अछामबीचको व्यापारिक, पारिवारिक र शैक्षिक सेतु बनेको थियो, यो पुल । हाल जीर्ण अवस्थामा पुगेको यो झोलुंगे पुल एक्कासी चुँडिएपछि तत्कालका लागि नै आवतजावतमा समस्या परेको छ । खच्चड हिँड्न थालेपछि चुँडिएका पुलका तीनवटै लठ्ठा खियाले खाइसकेका थिए।