काठमाडौँ । नेपाल सरकारले टिकटक ब्याण्ड गरेपछी टिकटक जस्तै अर्को एप सार्वजनिक भएको छ । भनिन्छ नि इछ्या भए उपाय कति कति ? सरकारले केहि दिन अघि सामजिक संजाल टिकटक ब्याण्ड गर्ने निर्णय गर्यो । सरकारले निर्णय त गर्यो तर
कार्यन्वयन भने राम्ररि अझै हुन् सकेको छैन । सरकारको निर्णयको विरोध गर्दै टिकटक युजर्सहरुले अनेक विधि अपनाएर डीएनएस सेटिंग तथा भिपिएन मार्फत अझै टिकटक अघिपछिको झैँ गरि चलाईनै रहेका थिए । र यसरि सरकारले ब्याण्ड गर्ने निरन्य गरेपछी टिकटकको विकल्पको रुपमा नया एप सार्वजनिक भएको छ । नेपालमा सन् २०१९ देखि सूचना तथा प्रविधि क्षेत्रमा क्रियाशील कम्पनी आईडिया जार डिजिटल कम्पनीले टिकटकजस्तै ‘रमाइलो’ एप सार्वजनिक गरेको छ । एपमा भिडियो हेर्ने तथा अपलोड गर्ने, भिडियो एक्सप्लोर गर्ने, लाइक, कमेन्ट र सेयर गर्ने सुविधा, लाइभ गर्न मिल्ने सुविधा समेत रहेको कम्पनीले जनाएको छ । कम्पनीले कन्टेन क्रियटरलाई केही समयपछि कन्टेन र लोकप्रियता अनुसार निश्चित रकम दिँदै जाने योजना बनाएको विज्ञप्तिमार्फत जानकारी दिएको छ । टिकटक, फेसबुक जस्ता सामाजिक सञ्जाललाई नियमनको दायरामा ल्याउन कठिन भएको सरकारले बताइरहेका बेला नेपालकै कम्पनीले यस्तो एप विकास गर्दा नियमनमा पनि सहज हुने कम्पनीको दाबी छ ।
सरकारले हालैमात्र नेपालमा सामाजिक सञ्जाल टिकटकमा प्रतिबन्ध लगाएको छ । सरकारले सामाजिक सद्भावमा खलल पु¥याउन सक्ने भन्दै टिकटक प्रतिबन्ध गर्दा नेपाली प्रयोगकर्ताहरूका लागि यो एप उपयोगी हुने कम्पनीले बताएको छ । यस एपमा भिडियो निर्माणका क्रममा उच्छृङ्खल गतिविधि भएमा वा गैरकानुनी तथा अमर्यादित हर्कत भएमा त्यसलाई कानुनी दायरामा ल्याउन सरकारलाई सहयोग समेत गर्ने प्रतिबद्धता कम्पनीले बनाएको छ । गलत नियतका सामग्री प्रयोगकर्ताले अपलोड गरेमा एपको ’कम्युनिटी गाइडलाइन्स’ अन्तर्गत भिडियो हटाउने, एकाउन्ट सस्पेन्ड गर्नेदेखि एकाउन्ट नै सदाको लागि बन्द गराउने समेत कम्पनीले जनाएको छ । नेपाली प्रयोगकर्ताहरूको डेटा नेपालमा नै सुरक्षित हुने हुँदा प्रयोगकर्ता थप सुरक्षित र ढुक्क भई सामाजिक सञ्जालमा रमाउन सक्ने कम्पनीको दाबी छ । रमाइलो एपमा १३ वर्ष उमेरभन्दा माथिका नागरिकले पहुँच राख्न सक्ने बताइएको छ । यस एपलाई हाल गुगल प्ले स्टोरमा उपलब्ध गराइएको छ । केही दिनमा आइफोन प्रयोगकर्ताहरूले एप स्टोरबाट डाउनलोड गरी चलाउन सक्ने कम्पनीले जनाएको छ ।
पछिल्लो समय सामजिक संजाल टिकटक निकै लोकप्रिय बनिरहेको थियो । लगभग ८० प्रतिशत भन्दा बढी व्याक्तिले टिकटक प्रयोग गरिरहेका थिए । टिकमार्फत् विवध सुचना ,समाचार रमाइला भिडियो ,व्यापार व्यावसय पनि निकै फस्टाईरहेको थियो । कतिपय फेमस टिकटकरहरुले त करोडौ को सम्पत्ति कमाएर समाजसेवा समेत गर्न भ्याए । तर भनिन्छ नि हरेक कुराको दुईवटा पाटो हुन्छ एक सकारातमक र अर्को नकारात्मक । टिकटकमा सकारातमक भन्दा नकारात्मक कुरा धेरै फस्टाउन थाले । राम्रा कुराहरु भन्दा नराम्रा कुराहरु मान्छेले सेयर गर्न थाले । वास्तवमै सुरुवाती दिनमा परिवार संगै बसेर हेर्न सकिने टिकटक यहासम्म आइपुग्दा परिवारको अगाडी स्क्रोल गर्न हिच्किचाउनु पर्ने अवस्था बनिसकेको थियो । हत्या हिसा ,उशृंखल गतिविधि र अश्लिलता निकै मौलायो टिकटकमा यहि कारण सरकार टिकटक बयान नै गर्ने निर्णयमा पुग्यो । नियमन / कारबाही गर्नुपर्ने ठाउमा प्रतिबन्ध लगाएर सरकार उल्टो बाटो हिडेको भनेर निकै आलोचना र टिका-टिप्पणी पनि भैनैरहेका छन् ।
यहि माहोल चलिरहदा अब टिकटक नै रिप्लेस गर्ने नया एप सार्वजनिक भएको छ । अब उता सरकारले ब्याण्ड त गर्यो तर अर्को एप तुरुन्त तयार भयो । अब टिकटकमा नराम्रो /नकारात्मक भिडियो पोस्ट गर्ने व्यक्तिले एस एप मा पनि पक्कै गर्छ नै यसकारण प्रतिबन्ध गर्नुभन्दा / कारबाहीको प्रक्रियामा गएको भए सरकार आलोचित बन्नुपर्ने अवस्था पनि आउथेन र प्रभावकारी पनि पक्कै हुने थियो ।