Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अष्ट्रेलियाले गर्यो जाजरकोटका भूकम्पपीडितलाई पाँच करोड सहयोग

अष्ट्रेलियाले गर्यो जाजरकोटका भूकम्पपीडितलाई पाँच करोड सहयोग

काठमाडौँ । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ ।

नेपालस्थित अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ । नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषले मानसिक स्वास्थ्य सेवा, प्रजनन स्वास्थ्य सेवा र लैङ्गिक हिंसापीडितका लागि प्राप्त सहायता परिचालन गर्नेछ । उक्त सहयोगमार्फत मानव विकास तथा सामुदायिक सेवा (एचडिसीएस) संस्थाले भूकम्प प्रभावित स्वास्थ्य संस्थालगायत सार्वजनिक संरचनाको पुनर्निमाणमा सहयोग गर्नेछ । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्केले भने, “पश्चिम नेपालमा भएको भूकम्प र त्यसपछि पराकम्पले निम्त्याएको मानवीय र सम्पत्तिको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दुछु । अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ । हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ ।

अष्ट्रेलिया र नेपालबीच लामो समयदेखिको मित्रता छ। हाम्रा दुई देशले २०७२ को भूकम्प, कोभिड–१९ महामारीलगायत विपत्तिमा एकअर्कालाई सहयोग गरेको इतिहास छ।” अस्ट्रेलियासँग नेपालको औपचारिक सम्बन्ध स्थापना नहुँदै सन् १९५४ यता अस्ट्रेलियाले नेपाललाई कोलम्बो प्लानअन्तर्गत नेपाली विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । विभिन्न विधाका विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराएर अस्ट्रेलियामा तालिम तथा पढ्ने अवसर प्रदान गरेर नेपालको जनशक्ति विकासमा अस्ट्रेलियाले उति बेलैदेखि नै सहयोग गर्दै आएको हो । सन् १९५४ मा विभिन्‍न क्षेत्रमा पाँच नेपाली विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएको थियो भने युनेस्कोमार्फत एकजना अस्ट्रेलियाली नागरिकलाई लाइब्रेरियनका रूपमा नेपाल पठाएको थियो । कोलम्बो प्लानको सदस्यको नाताले नेपालले अस्ट्रेलियाबाट सन् १९५८ देखि नै सडक निर्माणका लागि आवश्यक उपकरणदेखि रेडियो उपकरणसम्मको सहयोग प्राप्त गरेको थियो । त्यस्तै त्यो समयमा दिल्लीस्थित अस्ट्रेलियन राजदूतसमेत समय–समयमा नेपाल आउने गरेका थिए ।

अंग्रेज-नेपाल युद्धपछिको सुगौली सन्धिदेखि सन् १९५९ को करिब डेढ शताब्दी लामो समयसम्म नेपालले १० मुलुकसँग मात्र दौत्य सम्बन्ध कायम गरेको थियो । राणाकालको अन्त्य हुँदासम्म बेलायत, अमेरिका, भारत र फ्रान्स गरी चारवटा मुलुकसँग नेपालको सम्बन्ध स्थापना भएको थियो । चीन, शोभियत रुस, जापान, श्रीलंका, इजिप्ट र जर्मनी गरी ६ वटा मुलुकसँग प्रजातान्त्रिक नेपाल (राणा शासनको अन्त्यपछि राजा त्रिभुवनको शासनकालमा कुनै पनि मुलुकसँग वैदेशिक सम्बन्ध स्थापना भएन र सबै ६ वटै राजा महेन्द्रको शासनकालमा भएका हुन्) ले सम्बन्ध स्थापना गरेको थियो । सन् १९५९ मे महिनामा नेपाली कांग्रेसका नेता बीपी कोइरालाको नेतृत्वमा नेपालमा पहिलोपटक जननिर्वाचित सरकारको गठन भयो । उक्त सरकारले निकै द्रुत गतिमा वैदेशिक सम्बन्ध अगाडि बढायो । फलस्वरूप कोइराला सरकारको १८ महिनाको अवधिमा थप १६ मुलुकसँग सम्बन्ध स्थापना भयो । त्यसै क्रममा १५ फेब्रुअरी १९६० मा नेपाल र अस्ट्रेलियाबीच औपचारिक रूपमा सम्बन्ध स्थापना गर्ने परस्पर सम्झौता भयो । सम्बन्ध स्थापनाको करिब ११ दिनपछि सोही २६ फेब्रुअरीमा परराष्ट्र मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका अस्ट्रेलियाका तत्कालीन प्रधानमन्त्री रोबर्ट गोर्डन मेन्जिसले दिल्लीस्थित अस्ट्रेलियन राजदूत वाल्टर रसेल क्रकरलाई नेपालमा समेत गैरआवासीय राजदूतको जिम्मेवारी दिइएको घोषणा गरेका थिए ।

अस्ट्रेलियाले विभिन्‍न क्षेत्रमा नेपालको विकासमा सहयोग पुर्याइरहेको छ, नेपालमा सन् १९८५ मा आएको भूकम्प होस् या सन् २०१५ मा आएको अर्को विनाशकारी भूकम्प होस् ती दुवैमा अस्ट्रेलियाले नेपाललाई महत्वपूर्ण सहायता उपलब्ध गराएको छ । त्यस्तै नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने मुलुकमध्ये अस्ट्रेलिया दसौँ स्थानमा छ । अस्ट्रेलियाली नागरिकहरू ठूलो संख्यामा बर्सेनि रूपमा नेपाल भ्रमणमा आउने गर्छन् । पछिल्ला दशकमा अध्ययनका लागि अस्ट्रेलिया पुग्‍ने नेपाली विद्यार्थीहरूको संख्यामा वृद्धि भएसँगै अस्ट्रेलियामा नेपाली समुदायको उपस्थितिसमेत बढ्दै गएको छ ।