Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

सिंगो गाउँ नै अवैध बाटोबाट अमेरिका छिर्ने तरखरमा

काठमाडौँ । तपाई विस्वास मान्नुहुन्छ ? रुकुम पश्चिमको एक सिंगो गाउ नै अमेरिका पलायन हुन् लागेको छ । हो अहिले नेपालमा रोजगार छैन /हरेक समस्या छ यसकारण पनि नेपालिहरु जसतसो बिदेशिनै चाहान्छन् /तर यसरि सिंगो गाउ नै एक घर बाकि नबसी विदेश पलाएन हुन् थालेपछि नेपालको अवस्था के होला ? रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उनलाई अहिले आफ्नै गाउँ बिरानो लाग्न थालेको छ ।चन्द्रकलीलाई गाउँ बिरानो लाग्ने कारण हो त्यो दुर्गम गाउँमा भित्रिएको ‘अमेरिका छिर्ने लहर ।’ गाउँ नै रित्तिँदै जान थालेपछि उनीभित्रको रिक्तता पनि बढ्दैछ । चन्द्रकली भन्छिन्, ‘गाउँका सबै अम्रिका जान थाले, हामी बुढाबुढी एक्लै हुने भयौं ।’ हुन पनि चन्द्रकलीका छोरा बुहारी मात्र हैन, भाइ बुहारी, भदैदेखि नातीसम्म अमेरिका छिरेका छन् । सन्तानले लगे भने आफू पनि जाने सोचमा छिन् यी ७३ वर्षीया वृद्ध । उनी भन्छिन्, ‘छोराले लान्छु भनेको छ, लगे उतै जान्छु ।’ चन्द्रकलीलाई जस्तै जीवनको उत्तराद्र्धमा आफ्नो थातथलो छोडेर हिँड्नु पर्ने बाध्यता आइलाग्छ कि भन्ने लागिरहेको छ अन्य बुढेशकाल लागेका आमा बुवालाई पनि । किनकी उक्क्त्त गाउमा लाखौ रुपैयाँ तिरेर गैरकानुनी बाटोबाट अमेरिका छिर्नेको लर्को छ ।

रुकुम पश्चिमको तत्कालीन मग्मा गाविसका गाउँमा अमेरिका छिर्ने सपना चर्को छ । गाउँमा अमेरिका नगएको प्रायः कुनै घर छैन । युवा गाउँमा भेटिँदैनन् । बचेका केही पनि अमेरिका जाने तर्खरमा छन् । स्थानीयका भनाइमा अझ धेरै जसो अमेरिका जान हिँडेर बाटोमै छन् । नयाँ संविधानले साविकको रुकुमलाई पूर्व र पश्चिममा विभाजन गरेपछि यी दुई जिल्ला लुम्बिनी र कर्णाली गरेर दुई प्रदेशमा बाँडिएका छन् । सम्भवतः यस भेगबाट धेरै व्यक्ति अमेरिका जाने जिल्लामा साविकको रुकुम जिल्लाको नाम आउँछ । त्यसमा पनि हालको पश्चिम रुकुमस्थित मग्मा गाविसका गाउँहरुबाट सबैभन्दा धेरै व्यक्ति अमेरिका गएका छन् । हाल यी गाउँहरु बाफिकोट गाउँपालिका वडा नं. ६, ७ र आठविसकोट नगरपालिको वडा नं. १० मा गाभिएका छन् ।मग्मा गाविसका स्याला, बाकी, मग्मा, डाब, गोडेकाडा, नदुवा, घारीखोला गाउँमा गरेर ५ सय ३८ घरधुरी छन् । यीमध्ये कति घरबाट कति जना अमेरिका गएका छन् भन्ने यकिन तथ्यांक निकाल्न सम्भव छैन । र अधिकांस अमेरिका गैसके ।

स्थानीयहरुको भनाइमा, गाउँमा गैरकानुनी बाटो हुँदै कोही न कोही अमेरिका नगएका घर भेट्न मुस्किल पर्छ ।प्रत्यक घरहरुबाट १ देखि ४ जनासम्म अमेरिका छिरेका छन् । कतै त परिवार नै अमेरिका जान हिँडेको पनि भेटियो । भूगोलका हिसाबले दुर्गम मग्मा, बाकी, स्याला, डाब र गोडेकाडा गाउँमा अमेरिकी सपना कसरी छिर्‍यो भन्ने बुझ्न एक दशक पछाडि फर्किनुपर्छ । ०६२ सालको शान्ति सम्झौता हुनुअघिदेखि नै रुकुमबाट फाटफुट अमेरिका जाने क्रम सुरु भइसकेको थियो । स्थानीयका भनाइमा, त्यसबेला ‘द्वन्द्वले विस्थापित गरेको’ भन्दै अमेरिका पुगेकाहरुले धमाधम ‘ग्रिनकार्ड’ पनि पाए ।

स्थानीयका भनाइमा, तत्कालीन मग्मा गाविसका गाउँहरुबाट सबैभन्दा धेरै व्यक्ति अमेरिका गएका छन् । त्यसपछि स्याला र बाकीका गाउँहरुबाट धेरै गएका छन् । रुकुमको बाकी गाउँमा १३ घरधुरी छन् । गाउँका दुई बाहेक सबैघरबाट गैरकानुनी बाटो भएर कोही न कोही अमेरिका छिरेका छन् । नगएकाहरु पनि ढिलो चाँडो छिर्ने आशामा छन् । लाग्छ सिंगो गाउँ नै अमेरिका हिड्ने तरखरमा छ । बाकीसँगै जोडिएको छ, स्याला गाउँ । त्यहाँ जम्मा १०० बढी घरधुरी छन् । तीमध्ये ८० प्रतिशतका घरबाट अमेरिका गएको गाउँकै अनु प्राविका शिक्षक बलबहादुर खत्री बताउँछन् । गाउँनै रित्तो हुन लागेको चिन्तामा थिए उनी ।

‘स्कुल पढ्दै गरेका विद्यार्थी पनि अमेरिका हिँडेका छन्’,, ‘विडम्बना के छ भने पढाउँदै गरेका शिक्षकहरु स्थायी जागिर छोडेर दलाललाई लाखौं बुझाएर अमेरिका हानिएका छन् ।’ त्यसो त शिक्षक खत्रीले पनि आफ्नो छोरालाई अमेरिका पठाएका छन् । ‘गाउँमा रोजगारी छैन, यहाँको पढाइले राम्रो जागिर पाउँदैनन्, पाइहाले पनि खान लाउन पुग्दैन’, उनले भने, ‘थोरबहुत कमाई रहेका पनि धेरै कमाइ हुने लोभमा त्यता जान मरिहत्ते गरिरहेका छन् ।’

गाउँका युवाहरुमा अमेरिका छिर्ने हुटहुटी छ । भर्खर १८ वर्ष पुगेका किशोरकिशोरी समेत गैरकानुनी बाटो भएर अमेरिका छिर्न हिँडेपछि वडाध्यक्ष समेत अचम्ममा परेका छन् /वडाध्यक्ष मनोजकुमार अधिकारीका शब्दमा ‘गाउँमा अमेरिका छिर्ने प्रतिष्पर्धा नै चलेको’ छ । ‘एउटा घरको गएपछि, अर्काे घरकाले पनि आफ्नो सन्तान पठाइरहेका छन्’, उनले भने, ‘यो गाउँका मानिस जसरी हुन्छ अमेरिका पुग्न चाहन्छन् ।’ अमेरिका पुगेका आफ्नै साथी, सहकर्मीले राम्रो कमाएको देखे/सुनेपछि सरकारी जागिर समेत छोडेर हिँड्ने समेत छन् । वडाध्यक्ष अधिकारीका अनुसार, गाउँका पढे लेखेका युवा, शिक्षक, प्रहरी, सेना र सरकारी कर्मचारी पनि यो बाटोमा छन् ।

उनले थाहा पाएअनुसार गाउँपालिकाबाट हालसम्म स्थायी र अस्थायी गरेर २२ शिक्षक, ११ प्रहरी र ४ जना सैनिक समेत अमेरिकातर्फ हिँडेका छन् । ‘बाँकी पनि पैसा नभएर हो, हुने हो भने सिंगो गाउँ नै अमेरिका हिँड्ने अवस्था छ,’ उनले भने ।