काठमाडौँ । बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको एक अन्तर्वार्ता यतिबेला निकै लोकप्रिय बनिरहेको छ । उनले उक्त्त अन्तर्वार्तामा पत्रकारले तपाइको अगाडी फ्याट भगवान प्रकट हुनुभयो भने के माग्नुहुन्छ भन्ने प्रश्नमा मदनबहादुर ले म मेरो श्रीमती फर्कईदिनुस भन्छु भन्छन् र आखाभरी आशु बनाउछन् । एक श्रीमान् श्रीमतीको समबन्ध ,आतामियता कति गहिरो हुन्छ र एक अर्काको लागि कति आड /सारथी हुन्छन् भन्ने भाव उनले प्रकट गरेका छन् । उनकी श्रीमती यसोदा सुवेदीको निधन आजभन्दा ७ बर्ष अघि नै भएको हो । ६७ वर्षीया यसोदा क्यान्सर रोगबाट पीडित थिइन् । उनलाई ललितपुरको हरीसिद्धिमा रहेको क्यान्सर अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो त्यहीक्रममा उनको मृत्यु भएको हो । मदनकृष्ण श्रेष्ठको प्रेम विवाह भएको थियो । २०२६ सालमा कर्मचारी संचय कोषको जागिरका क्रममा भेट भएका मदन र यशोदा ३-४ बर्षको प्रेम पछि विवाह गरेका थिए ।
तर क्यान्सर जस्तो प्राणघातक रोगबाट थलिएर श्रीमतीको निधन भएपछी मदनकृष्ण एक्लिएका छन् । उनि श्रीमती वियोगमा परे । महजोडीको अपनामले परिचित उनि उमेरले पनि निकै पाका भैसके । अहिले उनि आफैलाई पनि पार्किन्सनको रोग छ । उनि सिथिल छन् । उनको आवाज प्रस्ट बुझ्न सकिदैन ,निकै गहिरिएर सुन्नुपर्ने हुन्छ । टाउकोमा प्वाल गरेर चिप्स राखिएको छ /छातीमा पेस मेकर छ जसको वाएर्लेस चार्जर छ जुन छातीमा टासेर चार्ज गर्नुपर्छ जसको कारणले उनि सक्रिय रुपमा हिड्न सक्दैनन् । रोकिदै, हिड्दै गर्नुपर्ने वास्था छ उनको । उनको आफ्नी श्रीमति प्रतिको मायाभाव निकै लोभलाग्दो छ । श्रीमती यसोदाको मृत्यपश्चात उनले आफ्ना प्रायजसो अन्तर्वार्ताहरुमा आफ्नी जीवनसाथीको अभाव /साथ निकै खड्किएको मनोभाव पोखिनैरहन्थे । यहिक्रममा उनले हालसालै को एक अन्तर्वार्तामा पनि भगवानसंग के माग्नुहुन्छ भन्ने प्रश्नमा श्रीमती फर्काइदिनु भन्छु भनेपछि उक्त भिडियोले सबै दर्शकलाई निकै भावनात्मक बनाएको छ । एक मानव जीवनमा जीवनसाथिले कति महत्व राख्छ भन्ने कुरा उनले झल्काएका छन् । पत्नी गुमईसकेका मदनकृष्ण अहिले आफ्ना २ सन्तान छोरा यमन र छोरी सरानाको साथमा बसिरहेका छन् । उनका २ सन्तान पनि कलाकारितामै होमिएका छन् ।
अब लागौ उनको कलाकारिता जीवन तर्फ
काठमाडौँको जितपुर फेदिमा २०७ साल बैशाख ७ गते बुधबार जन्मिएका उनि अहिले ७३ बर्षमा टेकिसकेका छन् । माया सेवा र सिर्जना उनको जीवनको लय हो /उनि पहिले गायक बन्न चाहान्थे र हास्य कलाकार संगसंगै उनि एक गायक पनि हुन् । उनले आफ्नो जन्मस्थानको सन्दर्भमा गित नै रचना गरेका छन् । काठमाडौँको फेदीमा बजार साथीसंगी सम्झन्छु दिनको हजार / अरबौ मान्छेहरुमा तिमि एक मन मिल्ने मान्छे / खोलावारि, खोलापारि पिपलु र वर हावा चल्यो पात हल्ल्यो माया वरपर लगायत अन्य गीतहरुमा पनि अवाज भरेका छन् । उनि र हरिवंस श्रेष्ठको कलाकारिता र आत्मियतालाई महजोडी भनेर चिनिन्छ । मदनकृष्णको म र हरिवंस ह मिलाएर अर्का हास्य कलाकार राज्राम पौडेलले महजोडीको नाम जुराएका थिए । उनि आफ्नो पालमा निकै सक्रिय कलाकार हुन् । अहिले उमेर र रोगले साथ् नदिएपनि अझैपनि उद्घाटन समारोह मा निम्ता मान्न जाने, कभर गित गाउने /लेख्ने काममा सक्रिय छन् । उनि जहाँ जसले बोलाएपनि कहिँले नाई भन्न सक्दैनन् । दशकौको कलाकारिताको यात्राको कमाई भनेकै लाखौ मान्छेको माया पाए भन्छन् । उनि आफ्नो दर्शक स्रोताको माया नै आफ्नो अमुल्य सम्पति मान्छन् । माया पाउन सजिलो छ तर त्यसलाई थामिराख्न निकै सजक भएर हिड्नुपर्छ भन्छन् उनि ।
अर्को कुरा के भने उनि आफ्नो श्रीमतिको मृत्युमा हजारौ मान्छे आर्यघाट मा आएको आफ्नो श्रीमतीको खुटा ढोगेको देख्दा जीवनमा कमाउनु पर्ने भनेकै माया र सम्बन्ध रहेछ भन्छन् । श्रीमतिको मृत्युपश्चात नै आफुलाई माया गर्ने दर्शक स्रोता यति धेरै रहेछन् भन्ने महसुस गरेको बताउछन् । उनि कलाकारितामा लाग्नु भन्दा पहिला यो काठमाडौँ को डाडाकाडा भन्दा उता उरु कुनै वस्ती छैन जस्तो सोच्ने गर्थे तर पछी यति ठुलो विश्व ब्रमाण्ड रहेको थाहा पाए भनेर हासो गर्छन् ।
यति अग्रज कलाकार, सिंगो नेपालि कला क्षेत्रले अनुसरण र समान गर्ने व्यक्ति मदनकृष्ण निकै सरल र साधारण छन् । यसकारण पनि उनको लोकप्रियता आजको दिनसम्म एकैनासको छ ।