Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आफ्नी सासुको ज्यान बचाउन बुहारीले दिइन् कलेजो, समाज परिवर्तन हुदै

आफ्नी सासुको ज्यान बचाउन बुहारीले दिइन् कलेजो, समाज परिवर्तन हुदै

काठमाडौँ । सासु र बुहारीको सम्बन्ध आमा छोरी बराबर कसैगरी हुन् सक्दैन भन्छौ हामि । सासुले पनि बुहारीलाई आफ्नी छोरी सरह नगर्ने र बुहारीले पनि आफ्नी आमालाई सरह व्यवहार नगर्ने गरेको पाईन्छ । समाज शिक्षित भयो ,अब छोरी बुहारीमा /आमा र सासुबीच फरकपन छैन भनेर मौखिक रुपमा भनिएपनि व्यवहारमा लागु हुन अझैपनि निकै गारो अवस्था छ । छन् समाजमा उदाहरणी सासु बुहारी पनि छन् तर अधिकांसको भने ससु बुहारीको समबन्ध आमा छोरी सरह हुन् सक्दैन /सकिरहेको छैन । यस्तै सासु बुहारीको कुरा गर्दै गर्दा एक उदाहरणीय सम्बन्ध भेटिएको छ । बुहारीले आफ्नी सासुको ज्यान बचाउन आफ्नो कलेजो दिएकी छिन् । यो निकै प्रशंसनीय कुरा हो । छोरी बुहारीमा भेदभाव गर्ने र बुहारी कहिले छोरी हुन सक्दिन भन्ने समाजका लागि यो उदाहरण गतिलो झापड बनेको छ । काठमाडौं जिल्लाकि ६२ वर्षीया सासुलाई उनकी ३७ वर्षीया बुहारीले आफ्नो आधा कलेजो दान गरेकी छिन् । अंगदाता र ग्रहणकर्ता दुवैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।

एउटा घतलाग्दो कथन छ, ‘यदि आमाबुवा छोरीहरुसँग रहने हो भने उनीहरुले वृद्धाश्रम जान पर्ने नै थिएन ।’ यसको जवाफ उत्तिकै घतलाग्दो छ, ‘यदि बुहारीहरुले छोरीकै जस्तो ममता, श्रद्धा दिने हो भने बुवाआमा बृद्धाश्रम जानै पर्ने थिएन ।’ अनर्थ नलगाउने हो भने यस भनाईबाट के बुझ्न सकिन्छ भने, न बुवाआमाका लागि छोरी फरक हुन्, न त बुहारी । केवल हाम्रो हेराई, सोचाई र बुझाई फरक हो । यही हिसाबले सासूलाई बुहारीले आफ्नै आमा ठान्ने र सासूले बुहारीलाई आफ्नै छोरी मान्ने हो भने, समस्या आउँदैन । यद्यपी हाम्रो पारिवारिक संरचनामा सासू र बुहारीबीच त्यती सुमधुर सम्बन्ध रहँदैन । जबकी घरको मियो भनेकै उनीहरु दुबै हुन् । सासू घर-परिवारका श्रद्धेय सदस्य हुन् । आस्थाकी पुञ्ज हुन् । सासूले नै हो, परिवारलाई एकढिक्का बनाएर राख्ने । त्यसैगरी बुहारी घरकी शोभा हुन् । बुहारी नै पारिवारिक सुखको मियो बन्न सक्छिन् । अर्थात, समग्र घरमा शान्ति, सुव्यवस्था, सुमधुर, सामिप्यता प्रदान गर्ने भनेकै सासू र बुहारी हुन् । दुबैको उपस्थितीमा घर वास्तवमै घरजस्तो हुन्छ । यसकै उदाहरण बनेको छ यी सासु बुहारीको सम्बन्ध ।

देशमै पहिलो पटक कलेजो प्रत्यारोपण सेवाको शुरुवात गरेको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र केलेजो प्रत्यारोपणमा आत्मनिर्भर बन्दै गएको छ । काठमाडौँकी ६२ वर्षीया महिलाको कलेजो प्रत्यारोपण भएको छ । उनीलाई ३७ बर्षीया आफ्नो बुहारीले कलेजो दान गरेकी छिन् । प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले शुक्रबार सहित प्रत्यारोपण केन्द्रमा कुल १४ जनामा कलेजो प्रत्यारोपण भएको जानकारी दिएका छन् । यो संगै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा गत शुक्रबार १४ औँ पटक कलेजो प्रत्यारोपण भएको छ । संसारमै सबैभन्दा जटिल शल्यक्रिया मानिने कलेजो प्रत्यारोपण डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा स्वदेशी चिकित्सकको दक्षता बृद्धी हुँदै न्यूनतम शुल्क रु १५ लाखमा हुने गरेको छ र केन्द्र क्रमशः आत्मनिर्भर तर्फ उन्मुख हुँदै गएको छ ।

केन्द्रमा २०७३ मङसिर २२ गते, दक्षिण कोरियाको सामसुङ्ग मेडिकल सेन्टरका चिकित्सकहरुको प्राविधिक सहयोगमा पहिलो पटक कलेजो प्रत्यारोपण भए पश्चात छिमेकी राष्ट्र भारतको विशेषज्ञ चिकित्सकहरुको सहयोगमा निरन्तरता पाउँदै आएको छ । पछिल्लो ३ कलेजो प्रत्यारोपण केन्द्रले एक जना मात्र भारतीय चिकित्सकको प्राविधिक सहयोगमा गरी रहेको कुरा प्रत्यारोपणविज्ञ डा श्रेष्ठले बताए । अंगदाता र ग्रहणकर्ता दुबैको स्वास्थ्य सामान्य हुँदै गएको छ ।

कलेजो प्रत्यारोपणका साथै नेपालमा प्रथम पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपणको शुरुवात गरेको यस केन्द्रले ११ वर्षको अवधिमा देशमा सबैभन्दा धेरै ११३७ जनाको मृगौला र १४ जनाको कलेजो प्रत्यारोपण समेत गरी सकेको छ । केन्द्रले अंग दान गर्न र मस्तिष्क मृत्यू पश्चात प्राप्त हुने अंग प्रत्यारोपण कार्य प्रवर्धन गर्नको लागि सबैमा अनुरोध गर्दै प्रतीक्षाको सूचीमा नाम लेखाउन समते अनुरोध गरेको छ ।