Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

इजरायलबाट थप १९ जना नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याईदै

इजरायलबाट थप १९ जना नेपालीको उद्धार, भारतीय विमानमार्फत ल्याईदै

काठमाडौँ । इजरायलमा विद्रोही हमास समूहले आक्रमण गरेपछि स्वदेश फर्किनका लागि अनलाइन आवेदन दिएका थप १९ जनालाई सरकारले उद्धार गरेको छ। सराकारले भारतीय विमानमार्फत इजरायलमा रहेको १९ जना नेपालीको उद्धार गरेको हो।

परराष्ट्रमन्त्री एनपी साउदले मङ्गलवार इजरायलको तेल अविवबाट भारतको उद्धार विमानमार्फत १९ नेपालीको उद्धार गरिएको जानकारी दिएका छन् ।

‘१९ जना नेपाली नागरिक तेल अविवबाट इन्डियन रेस्क्यु फ्लाइटबाट उड्दै हुनुहुन्छ।’ मन्त्रालयले स्थानीय समय अनुसार तेल अविवबाट बिहान ९ बजे स्पाइस जेटमार्फत् १९ नेपाली नागरिक आउने जनाएको छ। मन्त्री साउदले स्वदेश आउन लागेका नेपालीलाई दिल्लीस्थित दूतावासले सवारी साधनको व्यवस्था गरेर नेपाल पठाउने पनि जानकारी दिए । नयाँ दिल्लीस्थित दूतावासले इजरायलबाट उद्धार गरी ल्याइएका नेपालीलाई गौरीफन्टा नाका भएर कैलाली भित्र्याइने छ ।

कैलालीबाट जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई सम्बन्धित स्थानमा पुर्‍याउने तयारी गरिएको मन्त्रालयले जनाएको छ । उनीहरू मङ्गलवार बेलुकी ६–७ बजेसम्म नयाँ दिल्ली पुग्ने बताइएको छ ।

यी हुन् उद्धार गरिएका नेपाली नागरिकहरू

नन्दसिंह भुल

सुजेन्द्र खड्का

प्रतिभा रौनियार

अनुमा डंगोल

हिना खाँण

आतिस गुरुङ

जुनु गुरुङ

मौसमी पाख्रिन

प्रतिमा तिम्सिना

राजकुमार मानन्धर

संगीता दुलाल

उर्मिला रावल

ममता थापा

दिलकुमारी अधिकारी कार्की

निश्चल श्रेष्ठ

समिता बस्नेत

अम्बिका सुवेदी

सिरता गुरुङ

उर्मिला श्रेष्ठ

द्वन्द्वग्रस्त इजरायलबाट २०५४ जना विद्यार्थीको नेपाल सरकारले उदार गरेपछि इजरायलमा रहेकामध्ये थप २०० नेपालीले स्वदेश फर्किन इच्छा जाहेर गरेका थिए । इजरायलस्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने नेपालीको विवरण संकलन गर्ने क्रममा थप २०० नेपालीले आवेदन दिएका थिए । गत शुक्रबार मात्रै २५४ जना नेपाली उद्धार उडानमार्फत् काठमाडौं ल्याइएको छ। इजरायलस्थित नेपाली दूतावासले नेपाल फर्किएका बाहेक थप २०० जनाले स्वदेश फर्किनका लागि आवेदन दिएको बताएको थियो ।