Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

काठे दोहोरी क्षेत्रलाई समेटेर फेरी तेश्रो काठे लोकदोहोरी अवार्ड हुदै

काठे दोहोरी क्षेत्रलाई समेटेर फेरी तेश्रो काठे लोकदोहोरी अवार्ड हुदै

काठ क्षेत्रको गीत संगीतलाइ समेटेर गर्दै आएको एक ऐतिहासिक म्युजिक अवार्ड काठे लोक दोहोरी अवार्ड यही मङ्सिरको २७ गते सम्पन्न हुने भएको छ।राष्ट्रिय नाचघर जमलमा सम्पन्न हुने अवार्डमा काठ क्षेत्रका कलाकार देखि समाजसेवामा लागि परेका व्यक्तिहरु सम्म उक्त अवार्डमा सम्मानित हुदै छन्। अवार्डका अध्यक्ष माधब थापाका अनुसार अवार्डको टप ५ को नामकरण सार्वजनिक भएको र अब अवार्डको अन्तिम तयारीमा आयोजक टिम रहेको खुलाएका छन।

चर्चित कार्यक्रम इन्द्रेणी मार्फत अवार्डको टप ५ को नामकरण सार्वजनिक गरेका थिए।उक्त कार्यक्रममा प्रमुख अतिथि बागमती परदेशका खानेपानी तथा सिंचाईमन्त्री तिर्थ लामाले कार्यक्रमको उदघाटन गरेका थिए भने माधब थापाले कार्यक्रममा मन्तब्य राख्दै काठ क्षेत्रमा रहेका कलाकारको मुल्यांकन नहुदै गर्दा यसको निराकरण गर्न र सम्मानित हुनु पर्ने र अवार्ड प्राप्त गर्नुपर्ने कलाकार तथा सर्जकलाई सम्मान गर्ने बाचा समेत गरेका छन। कृष्ण कंडेलले संचालन गरेको उक्त नोमिनेसन कार्यक्रममा दोहोरी क्षेत्रका सबैजसो कलाकारको बाग्लो उपस्थिति भएका थिए।

पछिल्लो समयमा अवार्डहरु किनबेच हुदै गर्दा यो अवार्डको भूमिका के रहन्छ भन्ने प्रश्नमा माधब थापाले अवार्ड निष्पक्ष रुपमा हुने र राम्रो सिर्जना गर्नेको अवार्डले सहि मुल्यांकन गर्ने समेत थापाले बताएका छन।नेपालमै पहिलोपटक अवार्डमा भोट गरेको भोटिङ्ग समेत सार्वजनिक गर्ने थापाको जानकारी छ।निष्पक्ष अवार्ड बनाउन यो नियम नेपालमा पहिलोपटक थापाले भित्र्याएका हुन्।यस बर्षको लाइफ टाइम एचेप्मेंट अवार्ड झम्के फुली नाकैमा बुलाखी गीतका सर्जक तथा बरिष्ठ गायक धुर्ब राज खड्कालाई दिन लागेको थापाले लालीगुराँस डटकलाइ जानकारी दिएका छन्।