Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अनमोल केसी गोदावरी घुम्दै /सलोन बस्नेतले लेखे केहि पाक्दैछ

अनमोल केसी गोदावरी घुम्दै /सलोन बस्नेतले लेखे केहि पाक्दैछ

काठमाडौं । अभिनेता अनमोल केसी, सलोन बस्नेत र सलिनमान बनियाँ मिल्ने साथी हुन् । पछिल्लोपटक यी तीन जना चन्द्रागिरीमा भएको सलोनको विवाह समारोहमा एकसाथ देखिएका थिए । बेलाबेलामा उनीहरु भेट भइरहन्छन् । अनमोलको ‘ए मेरो हजुर ३’ र सलिनमानको ‘यात्रा’ फिल्म जुध्दा पनि त्यसले यी दुईको मित्रतामा कुनै दरार ल्याएको छैन । अनमोल ‘फर्की फर्की’मा व्यस्त हुँदैछन् । सलोन तिहारपछि एक फिल्ममा लाग्नेछन् भने सलिनको हातमा यतिबेला फिल्म छैन ।

तन्नेरी पुस्तामा रुचाइएका यी अभिनेताबीच गोदावरीमा भेट भएको छ । गोदावरी घुमघामपछि उनीहरुले संयुक्त फोटो खिचाए, जसलाई सलोनले सामाजिक सञ्जालमा सेयर गरेका छन् । फोटो सेयर गर्दै सलोनले ‘कुकिङ’ भनेर तीनवटा तारा उल्लेख गरेका छन् ।

सलोनको संकेत हेर्दा तीन जनाबीच कुनै कामलाई लिएर योजना बनिरहेको देखिन्छ ।