Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

आमा र छोरीको एउटै प्रेमी, बिहेको कुरा निस्किएपछि निम्तियो संकट

काठमाडौँ । विश्वमा निकै अनौठा र अपत्यारिला कुराहरु पनि हुनेगरेका छन् । कतिपय कुराहरु त हामिले विस्वास नै गर्न नसक्ने खालका हुन्छन्। तर यस्तै अपत्यारिला कुराहरु सत्य नै हुन्छन् । भारतको उत्तर प्रदेश राज्यको गोरखपुरमा एउटा अनौठो घटना सार्वजनिक भएको छ । बाहिरिएको कुरा हो आमा र छोरी दुबैको प्रेमी एकै .. अब यस्तो कुरा सुन्दा हामिलाई सुरुमा हासो लाग्छ । नहुने कुरा /वाईयात / जस्तो लाग्छ तर प्रहरी अनुसन्धानले नै आमा र छोरीको प्रेमी एकै भएको पुष्टि गरेपछि त विस्वास गर्ने पर्यो ।

केही समयअघि एक युवकले नावालिग किशोरीको हत्या गरे । घाँटी थिचेर हत्या गरेका उनले घटनालाई आत्महत्या देखाउनका लागि शवलाई झुण्ड्याइदिएका थिए । उत्तर प्रदेश प्रहरीका अनुसार १५ वर्षीय ती किशोरी र उनकी आमाको प्रेमी एकै व्यक्ति थिए । किशोरीले आफ्नी आमासँग पनि ती पुरुषको सम्बन्ध रहेको थाहा पाएपछि विवाहका लागि दबाब दिन थालिन् ।प्रेमीले विवाहको प्रस्ताव अस्वीकार गरे । किशोरीले विवाहका लागि लगातार दबाब दिएपछि ती पुरुषले उनको हत्याको योजना बनाएर २६ सेप्टेम्बरका दिन घाँटी थिचेर हत्या गरेको प्रहरीको भनाइ छ । प्रहरीले सुनिल गौड नाम गरेका आरोपित पुरुष र उनको साथीलाई नियन्त्रणमा लिइसकेको छ । प्रहरीका अनुसार शव परीक्षणका क्रममा ती किशोरीको मृत्यु झुण्डिएर नभई घाँटी थिचेका कारण भएको खुलासा भएसँगै प्रहरीले अनुसन्धानलाई सुक्ष्म ढंगले अघि बढाएको थियो ।

उत्तर प्रदेश प्रहरीका एसएसपी डा. गौरव ग्रोवरका अनुसार मृतक किशोरीको पिता मुम्बईमा बस्दै आएका थिए । छोरीको हत्या भएपछि उनी घर फर्किएका छन् । मृतकको पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार हत्या आरोपित सुनिलले ती किशोरी र उनकी आमासँग समानान्तर रुपमा प्रेम सम्बन्ध राख्दै आएका थिए । किशोरीको हत्या भएको दिन आमा भने चिनजानकै एक जनाको मृत्युपछि परिवारलाई सान्त्वना दिन गएकी थिइन् । ही मौका पारेर किशोरीलाई भेट्न आएका सुनिलले बिहेको दबाब झेल्न नसकेर किशोरीको हत्या गरेको प्रहरीको भनाइ छ । हत्यामा सुनिलले आफ्ना एक साथीको सहयोगसमेत लिएको खुलासा भएको छ । प्रहरीले दुवैलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

गोरखपुरका एसएसपी डा. गौरव ग्रोवरले गोरखपुर पुलिस लाइन ह्वाइट हाउसमा भएको प्रेस मिटमा घटना २६ सेप्टेम्बरको भएको बताएका छन् । उनका अनुसार क्याम्पियरगञ्ज थाना क्षेत्रमा १५ वर्षीया किशोरीले आत्महत्या गरेको जानकारी प्रहरीले पाएको थियो । घटनास्थलमा पुगेको प्रहरीले शवलाई नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि पठाएको थियो । भोलिपल्ट प्राप्त पोस्टमार्टम रिपोर्टमा किशोरीले आत्महत्या नगरेको बरू उनको घाँटी थिचेर हत्या गरिएको खुलेको थियो । प्रेमी अर्थात सुनिल यस हत्याकाण्डमा पहिलेदेखि नै शंकाको घेरामा थिए । सोधपुछका क्रममा उनले घटनाको विस्तृत विवरण दिए । युवकको आफ्नी प्रेमिकाकी आमासँग पनि अवैध सम्बन्ध रहेको प्रहरीले खुलासा गरेको छ । उनी गाउँमा पराल ढुवानी गर्न आउने गर्थे । त्यसपछि उनले आमा छोरी दुवैसँग सम्बन्ध स्थापित गरे ।

दुवैसँग उनको सम्बन्ध थियो । किशोरीको हत्या भएको दिन किशोरीकी आमा कसैको मृत्युमा सान्त्वना दिन गएकी थिइन् । किशोरीलाई एक्लै देखेर आरोपी उनीकहाँ गए । विवाहलाई लिएर दुवैबीच विवाद सुरु भयो । यही विवादका बीच अभियुक्तले पहिले किशोरीलाई यौन दुर्व्यवहार गरेपछि घाँटी थिचेर हत्या गरेका थिए । यसपछि उनले आफ्ना एक साथीको सहयोग लिए । उनीहरुले मिलेर किशोरीलाई कपडाले छतमा झुण्ड्याएका थिए । ती दुवैले किशोरीले आत्महत्या गरेको भनी मानिसहरूलाई भ्रममा पार्ने प्रयास गरे तर पोस्टमार्टम रिपोर्टमा हत्या भएको खुलासा भयो र उनीहरू पक्राउ परे । मृतक किशोरीका पिताले नै हत्यासम्बन्धमा किटानी जाहेरी दिएपछि प्रहरीले थप कारबाही अघि बढाएको जनाएको छ । हाल थप कारबाही भइरहेको छ ।