Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दिप लामिछानेले खेल जीवनबाट हात उठाए / राष्ट्रिय टिमबाट लिए नाम फिर्ता

सन्दिप लामिछानेले खेल जीवनबाट हात उठाए / राष्ट्रिय टिमबाट लिए नाम फिर्ता

काठमाडौँ  । पूर्वकप्तान तथा क्रिकेटर सन्दीप लामिछानेले त्रिकोणात्मक टी-२० श्रृंखला नखेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल, यूएई र हङकङ सम्मिलित त्रिकोणात्मक सिरिज आयोजना गरेको छ, जसका खेलहरु १ कात्तिकदेखि १० गतेसम्म हुनेछन् । यता सन्दीपले भने प्रतियोगिता नखेल्ने निर्णय लिएका छन् । भारी मनका साथ टिमबाट आफ्नो नाम फिर्ता लिएको भन्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म आफ्नो जीवनको कठिन र चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छु ।’ यो बेला आफूले आफैंलाई नयाँ जीवन दिने र परिवारसँग समय बिताउन चाहेको उनले बताएका छन् । उनले अघि भनेका छन्, ‘मैले अहिलेसम्म पाएको आशीर्वाद र शुभकामनाका लागि धन्यवाद दिन चाहन्छु ।’

नेपाली क्रिकेटलाई विश्व जगतमा चिनाउन निकै महत्वपूर्ण भूमिका खेलेका व्यक्ति हुन् सन्दिप लामीछाने । सानै उमेरदेखि क्रिकेटमा होमिएका उनले कलिलै उमेरमा राम्रो सफलता हात परिरहेका थिए । तर भनिन्छ नि मान्छेलाई केहि न केहि कुराले चुकईदिन्छ । उनको सफल खेल यात्रा चलिरहेकै बेला उनीमाथि बलात्कारको आरोप लाग्यो । हुन् त खेलाडी ,राजनीतिज्ञ , शिक्षक लगायत मर्यादित क्षेत्रमा रहेका व्यक्तिहरुलाई बलात्कारको मुद्दा लाग्नु कुनै नौलो कुरा भने हैन ।

बिश्वमै नाम कमाएका उदाहरणीय खेलाडी सन्दिप पनि यस बाट बच्न सकेनन् । बलात्कारको अभियोग लागेपछि उनि कारागार चलान पनि भए रिहा पनि भए । उनको खेलजीवन निकै प्रभावित पनि भयो । धेरैले उनलाई समुनको बलात्कार मुद्दा नटुंगिएसम्म खेल प्रतियोगितामा समावेश गर्न नहुने भनेर आलोचना पनि गरे । तर यतिन्जेल उनले भाग लिरहेका थिए । अब भने उनि आफैले खेल बाट हात उठाएका छन् ।

नेपालले कात्तिक १ गतेदेखि घरेलु मैदानमा हुने त्रिकोणात्मक टी-ट्वेन्टी शृङ्खला खेल्दै छ । जसमा नेपाल, युएई र हङकङबीच प्रतिस्पर्धा हुने छ । त्रिकोणात्मक शृङ्खला लगत्तै नेपालले आईसीसी टी-ट्वेन्टी विश्वकप एसिया क्षेत्र छनोट खेल्ने छ । नेपालमै हुने छनोट कात्तिक १३ देखि २० गतेसम्म मुलपानी र टियु क्रिकेट मैदानमा हुँदै छ । यसै प्रतियोगिताको तयारीका लागि नेपाली क्रिकेट टोलीले भारतको राजस्थान रोयल्सको एकेडेमीमा अभ्यास गरिरहेको छ । सन्दीपले पछिल्लोपटक एसियाली खेलकुद (एसियाड)अन्तर्गतका खेलहरु खेलेका थिए।

नाबालिगमाथि जबरजस्ती करणी (बलात्कार) गरेको अभियोग खेपिरहेका सन्दीपविरुद्धको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन छ। बिहीबार (असोज २५ गते)का लागि पेसी भए पनि काठमाडौं जिल्ला अदालतले न्यायाधीश अभावको कारण देखाउँदै सुनुवाइ नगरी स्थगित गरेको छ। लामिछानेविरुद्ध बलात्कार मुद्दामा जाहेरी परेको थियो ।गौशाला प्रहरी वृत्तमा १७ वर्षीया एक नाबालिगले आफूलाई सन्दीपले बलत्कार गरेको दाबी सहित जाहेरी दिएकि थिइन् ।सन्दिपले गत २०७९ भदौ ५ मा गौशालास्थित तिलगंगामा रहेको एक होटलमा बलत्कार गरेको बालिकाको दाबी छ ।

सन्दीप विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर हुन् । उनी सन् २०१८ जनवरीमा, उनी सन् २०१८ को इन्डियन प्रिमियर लिगमा लिलामीका लागि खेलाडीहरूको सूचीमा समावेश भएका थिए। उक्त लिलामीमा उनलाई दिल्ली डेयरडेभिल्सले अनुबन्धन गरेको थियो र इन्डियन प्रिमियर लिगमा अनुबन्धन प्राप्त गर्ने पहिलो नेपाली क्रिकेट खेलाडी बनेका थिए । सन् २०१९ मार्चमा, सन् २०१९ इन्डियन प्रिमियर लिग प्रतियोगिता अगाडि अन्तर्राष्ट्रिय क्रिकेट परिषदद्वारा सुझाव गरिएका आठ खेलाडीहरू मध्ये उनी एक हुन्।