Shares
Shares
यी सानी नानीको चित्कार सहितको भिडियो हेर्नुहोस त् ,६ बर्ष देखि बिरामी आमा अनिता खड्का पुरानै अबस्थामा फर्किएको हेर्न पर्खिरहेकी नानि आहानाको यो चित्कार सहितको भिडियोले यतिबेला सबैको मन चसक्क बनाएको छ। बर्षौ देखि अस्पतालमा थलिएकी अनिता अहिले श्रीमान बिनोद खड्काकै साहारामा घरमा बस्न थालेकी छिन। भैरवमा श्रीमान बिनोद र ससुरा सासु सहित अनिता बस्दै आएकी छिन भने छोरी आहानालाइ पनि साथमै लिएर गएकि छिन ।
यहि बिचमा एउटा भिडियो संदेश बिनोदकै दिदि राधाको फेसबुकमा प्रकाशित भयो जुन भिडियो सन्देशले सबैको मन रूहाएको छ छोरी आहानाले उक्त भिडियोमा भनेकी छिन"मेरो मामु अनिता खड्का ,उहालाई सन्चो होस् भनेर मैले यो भिडियो हालेको छु,मैले प्रे पनि गर्छु हजुरहरुले पनि मेरो मामुलाई सन्चो होस् भनेर प्रे गर्दिनुस" उक्त संबाद सहितको भिडियोले सबैको मन चास्काउनु स्वभाबिक नै छ।
राधाले आफ्नो कम्पनिनै बन्द गरि गरि अनिताको उपचारमा दिन रात समय खर्चेकी थिइन भने विनोदले पनि राम्रै तलब आउने काम छाडेर अनिताकै उपचारमा समय खर्चेका थिए त्यति मात्रै हैन छोरी आहाना पनि आमाकै चिन्तामा दिन रात तड्पिरहेको अनुभूति आम दर्शकले गर्दै आएका थिए।अझ आहानाले दिएको भिडियो संदेशबाट पनि प्रष्ट हुन्छ कि उनी आफ्नो आमा अनिता निको भएर हेर्न कति हतारिएकी छिन भनेर।
आमाको काखमा हुर्केर आमाकै सेहारसुसारमा रमाउने बेलामा आमाको लागि भगवान संग बिन्ति गर्न पर्ने यो कस्तो समय आयो बिनोदको परिवारमा बुझ्न पनि मुस्किल छ।दैबले ठगेको भनौ भने एति सुन्दर परिवारको मिलन गराएको छ देबको बरदान भनौ भने यो कस्तो संकटमय जीवन दिएको हो पत्तो छैन।भगवानकै एउटा रुप दिएर धेरैले अनिता र बिनोदको जोडीको प्रशंसा हुने गरेको पाईन्छ। बिनोद पनि अनितालाई निको बनाउन देश विदेश सम्म लिएर पुगिरहन्छन।
अनिताको बारेमा बुझ्न विनोदले नेपालका कुनै अस्पताल बाँकी राखेनन् ,हार खाएर इन्डिया समेत लिएर पुगे विनोदले अनितालाई तर सबैले भन्छन उपचार एति हो अब निको गराउन अनितालेनै आत्मबल बढाउनु बाहेकको विकल्पनै छैन।त्यो विकल्पनै कुरिरहेको छन् सिंगो परिवार,अझै अनिताले आफ्नो आत्मबल बढाउलिन र मज्जाले हिडेर संगै आफ्नो दुख सुख बाडलीण भन्ने आसामा बिनोद प्रष्ट देखिन्छन।
बिनोदले कहिलेकाही त् अनिताको अबस्था हेर्दै आफु रुदै बसेको पनि स्मरण गराउछन लामो समयपछि लालीगुराँस डटकमका संचारकर्मी कमल सरगम संग बिनोद खड्काले गरेको कुराकानीमा पनि अनितालाई हेरेर धेरै पटक रोएको बताएका छन भने आफ्नो आँसु रोक्न समेत मुस्किल भएको उनको भनाइ छ।अनिता निको होलिन र परिवारले एउटा सुखको साफ फेर्न सकिएला भने कुरा कुर्दै ३ बर्ष बितिसकेको भन्दै उनले आफ्नै जिन्दगि देखि प्रश्न गरिरहेको समेत बताएका छन।
अनिता अहिले राम्रै संग बोल्छिन ,सके सम्म आफै खाने प्रयास समेत गरिरहेको भिडियो बिनोदले टिकटक मार्फत हालिरहेको पाइन्छ उनको नचलेको हातलेनै खान खाइरहेको भिडियो आउदै गर्दा धेरैले सुधार भएको महसुस गरिरहेका छन।डाक्टरले आस मारेको अनितालाई परिवारले कहिल्यै आस मारेनन।परिवारको आसलेनै बाचेकी अनिताले डूईईटा खुट्टा टेकेर हिडे मात्रै पनि पुग्ने परिवारहरुको भनाइ छ।कम्तिमा आफै ट्वाइलेट जान सक्ने भए पनि आफुहरुले सुखको सास फेर्न सकिने बिनोद बताउछन।
राधालाई पनि निकै पिडा छ,जीवनका कति समयहरु केमा खर्चिए त्यो थाह भएन तर उनले अनिताको उपचारमा खर्चिएको समय देखेर सबै अचम्मित हुन्छन भने राधा पनि सबैले दिएको प्रेमले खुसि छन् तर दुखि चाही अनिताको स्वाथ्य अबस्थामा सुधार नआएकै कारण छिन। आसा गरौ यो सानी नानीको चित्कार भगवानले छिट्टै सुनिदिनेछन र अनिता हिड्ने भएर निस्कने छिन।
https://www.facebook.com/laligurashmedianetwork/posts/pfbid0TiALK9fyZYnGpB8PYDnwV9GmqBapAJspG1G6V3dYhrgz3wL3HpEUnhNnDdZe9bWKl?mibextid=YxdKMJ
Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209