Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

एस अफ मोडल्स २०२३‘ को पहिलो संस्करण सम्पन्न

एस अफ मोडल्स २०२३‘ को पहिलो संस्करण सम्पन्न

काठमाडौं । इभेन्ट तथा फोटोग्राफी कम्पनी क्याप्चरले स्टुडियोले आयोजना गरेको प्रतियोगिता एस अफ मोडल्स २०२३‘ को उपाधि झापाकी वर्षीया पूजा सिंह राजपुत र काठमाडौँका रेहान गाडलले जितेका छन् । फस्ट रनर अपको उपाधि शिला नेपाली र भावेश खड्का पाए भने सेकेन्ड रनर अपको उपाधि हेभन उपाध्याय र रोनि आले मगरले जितेका छन् ।

प्रतियोगितामा मस्ट फोटोजेनिक शिला नेपाली र भावेस खड्का, बेष्ट पर्सनालिटिमा रेहान गाडल र शिला नेपाली, बेस्ट वाक रुजल स्थापित र सिम्रिका खत्री, बेस्ट स्किन शिला नेपाली, बेस्ट फिजिक भावेष खड्का, बेस्ट फिगर पुजा सिंह राजपुत, मस्ट ट्यालेन्टेडमा रेहान गाडल र स्तुति क्षेत्री, मस्ट एक्टिभ सुवास्ना रेग्मी, मस्ट पङ्चुअल डार्विन देवकोटा र श्रिसा श्रेष्ठ, मस्ट पपुलरमा शिला नेपाली र डार्विन देवकोटा, पब्लिक च्वाइस अवार्डमा सुवास्ना रेग्मी, मस्ट डिसिप्लेनमा सम्यम श्रेष्ठ र निलम बम ठकुरी, मस्ट करेजियसमा हेभन उपाध्याय, मस्ट स्टाइलिस्ट रोनि आले मगर र सिफाली महर्जन, मस्ट फ्रेन्डलीमा सुरज चौधरी र प्रिज्मा भुजुले सह-उपाधिका अवार्डहरू प्राप्त गरेका छन् ।

प्रतियोगिताको प्रमुख अतिथिका रूपमा अमन प्रताप अधिकारी साथै निर्णायक मण्डलमा मिस्टर नेपाल २०२२ नुतन श्रेष्ठ, मिस नेपाल अर्थ २०२२ सरिशा श्रेष्ठ, फेसन डिजाइनर सोनम सुब्बा लिम्बु, सिनियर ब्यूटिसियन रुक्सा श्रेष्ठ, र रोडिज बिजेता आयुष श्रेष्ठ रहेका थिए ।

सौन्दर्य कलालाई प्रतिष्ठित र आफ्नै मौलिक बनाउने लक्ष्य रहेको ‘एस अफ मोडल्स २०२३‘ सम्पूर्ण इभेन्टका निर्देशन फोटोग्राफर पबिन्द्र श्रेष्ठले गरेका हुन् ।