Shares
Shares
काठमाडौं महानगरपालिकाले लाजिम्पाटको एक रेस्टुरेन्टमा ताला लगाएको छ। बिहीबार महानगरपालिका-३ स्थित लाजिम्पाटमा रहेको फो-९९ रेष्टुरेन्टमा खान योग्य नभएका सामान भेटिएपछि ताला लगाएको महानगरपालिकाले जनाएको छ। महानगरका अनुसार ग्राहकले उक्त रेष्टुरेन्टको म: ममा साङ्ला भेटिएको गुनासो गरेका थिए। अनुगमन टोली उक्त रेस्टुरेन्टमा पुगी अनुगमन गर्दा त्यहाँ खान नमिल्ने अखाद्य वस्तुहरू भेटेको महानगरले बताएको छ। बाहिर बाट चिटिक्क सजावट गरिएको /देख्दा आकर्षक हुने ,रेस्टुरेन्ट ,क्याफे / मिठाइ पसलहको किचेनमा गएर हेरनी हो भने त्यहाको खाजा खाना नखानु जस्तो अवस्था हुन्छ । तर के गर्नी हामि त्यस्तै क्याफे रेस्टुरेन्टमा नै जान रुचाउछौ ।
व्यापारको नाममा व्यापारीहरुले आम उपभोक्ताको ख्याल नगरी अखाध बस्तु पनि बिक्रि गरिरहेका हुन्छन् ।
यहीक्रममा पछिल्लो समय महानगरपालिकाले रेस्टुरेन्ट, क्याफेहरूमा अनुगमन गर्दै कारबाही गरिरहेको छ। लाजिम्पाटस्थित वडा नम्बर ३ मा रहेको फो–९९ रेस्टुरेन्टमा बिक्री गरिएको मःममा साङ्ला भेटिएको गुनासोपछि महानगरको टोलीले बिहीबार अनुगमन गरेको थियो। महानगरपालिकाका स्वास्थ्य विभाग प्रमुख राम प्रसाद पौडेलका अनुसार बुधबार एक ग्राहकले मःम साङ्ला भेटिएको गुनासो गरेपछि हिजो अर्थात बिहिबार अनुगमन गरिएको थियो। ‘एक ग्राहकले गुनासो गरेपछि आफुहरुले अनुगमन गरेको र , ‘अनुगमनका क्रममा लगभग सडेकै अवस्थामा अन्य खाद्यवस्तु देखिएपछि ताला लगाएको महानगर स्रोतले बताएको छ / रेस्टुरेन्टलाई जरिवाना समेत गराइनेछ। र उक्त रेस्टुरेन्ट संचालकहरुले गुणस्तरिय खानेकुरा बनाउने प्रतिवद्धता गरेपछि जरिवाना गराएरमात्रै ताला खोल्ने बुझिएको छ ।
उक्त रेष्टुराँका सञ्चालकहरु काठमाडौंमा आएर सरसफाईँको मापदण्ड पूरा गर्ने प्रतिवद्धता देखाएमा मात्रै उक्त रेष्टुराँ सञ्चालनमा आउने सम्भावना रहेको छ । तर रेष्टुराँ सञ्चालन गर्न दिने वा नदिने कुनै ग्यारेण्टी नभएको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले कति जरिवाना तिराउने भन्ने विषय टुंगिएको छैन । यसअघि विभिन्न अखाद्य बस्तु बिक्री वितरण गर्ने पसलहरुलाई जरिवाना तिराउँदै आएको छ । मःममा साङ्ला भेटिएपछि एक ग्राहकले महानगरपालिकामा तथ्यसहित उजुरी गरेका थिए । त्यसपछि बालेन नेतृत्वको महानगरले उक्त रेस्टुरेन्टमा बिहीबार अनुगमन गरेको थियो ।
यस्ता क्याफे रेस्टुरेन्टमा मात्र नभएर खाधन्न /किराना पसलहरुमा पनि अखाध्य साथै म्याद गुज्रेका /सामानहरु बेच्ने क्रम निकै भेटिएको छ । यहि सन्दर्भमा दैनिक उपभोग्य वस्तुको कालोबजारीसम्बन्धी चाडपर्व लक्षित बजार अनुगमन झारा टार्ने खालको हुने गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दैनिक १० वटा टोली बनाएर उपत्यकामा बजार अनुगमन गरे पनि प्रभावकारी नभएको उपभोक्तावादीको गुनासो छ । उपभोक्ता हित संरक्षण मञ्जका अध्यक्ष ज्योति बानियाँलेले देश काठमाडौं मात्रै हो र अनुगमन चाडवाडमा मात्रै गर्नुपर्छ भन्ने मानसिकता परिवर्तन नभएसम्म उपभोक्ताले राहत नपाउने बताएका छन् ।
अनुगमनमा खुद्रा पसलमा गई वस्तुको मूल्य, ब्याच नम्बर, उत्पादन मिति, उपभोगको म्याद सकिने मिति हेर्ने गरिएको छ । यसमा बहुराष्ट्रिय कम्पनीबाट आयात वा उत्पादन गरिएका चकलेट, हर्लिक्सलगायत वस्तु पुनः रिलेबलिङ भएर बजार आइरहेको भए पनि यतातिर ध्यान जान नसकेको उपभोक्तावादीको आरोप छ ।
दसैं, तिहार, छठजस्ता चाडपर्वलाई लक्षित गर्दै असोज १ गतेदेखि विभागले नेपाल गुणस्तर तथा नापतौल विभाग, खाद्य प्रविधि र गुणस्तर नियन्त्रण विभाग, वातावरण विभाग, औषधि व्यवस्था विभाग, आन्तरिक राजस्व विभाग, सम्बन्धित जिल्ला प्रशासन कार्यालयलगायतको संयुक्त टोली गठन गरी बजार अनुगमन गरिरहेको छ । अनुगमन भए पनि बजारमा समस्याको रूपमा रहेको चिनी, चामललगायत वस्तुको मूल्य बढाइरहेको छ । समस्या कसरी समाधान गर्न सकिन्छ भन्ने विषयमा काम नगरिदिँदा उपभोक्ताले महँगो मूल्यमा उपभोग्य वस्तु खरिद गर्नुपर्ने वाध्यता रहेको उपभोक्ताले बताउने गरेका छन् ।

Laliguras Media Network Pvt Ltd
Anamnagar–29, Kathmandau
Phone: :01-5923444
Email : [email protected]
सूचना तथा प्रसारण विभाग :१९३/0७३-७४
प्रेस काउन्सिल नेपाल सूचीकरण नंं. : ३२००/२०७८/०७९
Marketing: 01-5923444, 9851013209