Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

भ्रष्टाचार र अनियमितताको जालो हटाउन नागरिक पनि लागी पर्नु पर्छ : भक्त के.सी

भ्रष्टाचार र अनियमितताको जालो हटाउन नागरिक पनि लागी पर्नु पर्छ : भक्त के.सी

काठमाडौँ । यतिबेला देशको राजतिक बृत्तले नयाँ मोड लिएको छ । केहि समय अगाडि मात्रै पानी बाराबरको स्थितीमा रहेका (नेकपा) माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल र (नेकपा) एमालेका अध्यक्ष केपी शर्मा ओली अब एउटै बेञ्चमा छन् ।

सत्ता र शक्तिका लागी राजनितीक दलहरु जुनसुकै सिद्धान्त र बिचार भए पनि एकै ठाउँमा आईपुग्छन् । देश राजनितीक विकृतीले यसरी जकडिएको छ कि हरेक ठाउँमा कर्मचारी कतै न कतै विदेशी माफिय संग मिल्न पुग्छन् । आज पनि राजनितीक दलहरुले सत्य तथ्य र यथार्थपरक घटनाहरुको विश्लेषण, बिबेचना र समिक्षा, राष्ट्रियता, प्रजातन्त्र, समाजवाद, शिक्षा, पराराष्ट्र नीति,भ्रष्टचार,सामाजिक सुरक्षा आदि बिषयमा आफनो दृष्टिकोण र प्रष्ट भिजन दिन सकेको अवस्था छैन ।

हामीलाई वाक स्वतन्त्रता छ तर, स्वतन्त्रताको नाउमा आफैलाइ अहित हुने कार्य गर्न छुट छैन। सामाजिक तथा राजनितीक विभिन्न नियम र कानुनहरुले गर्दा ब्यक्तिको अन्तरनिहित क्षमता र प्रतिभा कुन्ठित हुनु हुदैन । कुनै व्यक्तिले अरुको अधिकारलाइ हनन गर्ने अवस्थामा मात्र व्यक्ती माथि राज्यले कुनै कदम चाल्नु पर्छ ।

जुन जोगि आए पनि कानै चिरेको अर्थात जस्को सत्ता र शक्ति आइ पनि जनताको दिन कहिलै जफेरीने भए । जता गए पनि भ्रष्टाचार र अनियमितताको जालो यसरी फैलिएको छ कि यसलाई हटाउन अब नेपाली जनता आफै उठ्नु पर्ने अवस्था छ । व्यवस्था परिवर्तन भय पनि नेपालीको अवस्था उहि छ ।

सकारी अस्पताल देखी कार्यलय सम्म अस्तव्यस्त छ । समयमा विरामीले औषधी नपाउने देखी विरामी उपाचार नपाएर घर फर्किनु पर्ने बाध्यता छ । यसको कारण नेता मात्र्र होईन जनता पनि हो । जनताले यस्ता विकृतीको विषयमा आवाज उठाउनु पर्छ ।

म लोभ गर्दिन । म लालची हुदिन । म आग्रहि बन्दिन । म पुर्वाग्रहि हुदिनभन्ने कुरा भाषणमा सिमित छ । भ्रष्टचारका कुरा हरेक राजनितीक दलका एजेण्डा मात्रै बन्छन् । अब यस्ता बिषयमा आवाज उठाउने समय आइसकेको छ । भ्रष्टचार मुक्त नेपाल बनाउनका लागी तपाँइ,हामी र म सबै एकजुट हुनु आवश्यक छ ।