Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै

सन्दीप लामिछानेविरूद्ध आज जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदै

काठमाडौं । बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरूद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा दर्ता हुँदैछ ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार मुद्दा दर्ता गर्ने तयारी गरेको हो । बलात्कार अभियोगमा १२ वर्षसम्म कैद सजाय माग गर्दै मुद्दा दर्ताको तयारी भइरहेको स्रोतले बतायो ।

आज मुद्दा दर्ता गरेपछि मंगलबारदेखि थुनछेक बहस हुने भएको छ । सन्दीप लामिछाने २० असोजदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध तीन पटकसम्म म्याद थप गरी प्रहरीले अनुसन्धान गरेको थियो ।