Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने

अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलमा नेपाल र बंगलादेशबीच आज प्रतिष्पर्धा हुने भएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेल बेलुका साढे ५ बजे सुरु हुनेछ । नेपाल र बंगलादेशबीच विभिन्न प्रतियोगिता र मैत्रीपूर्ण खेलमा गरी २४ पटक प्रतिष्पर्धा भएको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ ।

५ खेल बराबरीमा सकिएको छ । यस खेलमा अखिल नेपाल फुटबल संघले भीआईपीका लागि ५ हजार रुपैयाँमा टिकट बेच्ने भएको छ ।

एन्फाका महासचिव किरण राईका अनुसार बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि ८० वटा टिकटको मूल्य ५ हजार रुपैयाँ तोकिएको हो ।