Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

नेपालको राजनीति अस्थिर सासन ब्यबस्था तर्फ ढल्किदै छ : भक्त बहादुर के.सी

नेपालको राजनीति अस्थिर सासन ब्यबस्था तर्फ ढल्किदै छ : भक्त बहादुर के.सी

काठमाडौँ । राजनीतिक दार्शनिकहरूले आधारभूत सिद्धान्तहरू स्थापित गर्न खोज्छन् जसले राज्यको विशेष रूपलाई औचित्य दिन्छ । राज्यशक्तिको मूल स्रोत राजनीतिलाई असल शासन, सुशासन र कुशल शासन भनी बुझ्न सकिन्छ । शक्तिलाई नियन्त्रणमा लिन राजनीतिले आधार तय गर्दछ । शक्तिको अत्यधिक प्रयोग पनि राजनीतिमै हुन्छ । विनाशक्तिको राजनीति गर्न असम्भव हुन्छ । शक्ति र राजनीति आपसमा सम्वन्धित छन् । तिनीहरूको सांस्कृतिक सन्दर्भमा मौलिक राजनीतिक अवधारणाहरूको कार्य र अन्तर्क्रिरयाको बुझाइ,राजनीति र समुदायको बारेमा केन्द्रीय दार्शनिक विचारहरू आलोचनात्मक रूपमा छलफल गर्ने क्षमता राख्नु पर्छ । हामी नेपाली हाम्रो वाद, हाम्रो वाद नेपाल वाद,नेपाल वाद जिन्दावाद हुनु पर्छ ।

देशमा जतिपनि राजनीतिक खिचातानी, दबाब, गुट, प्यानल आदि सिर्जना भइरहेका छन् । ती सबैको मूल स्रोत भनेकै शक्तिलाई आफ्नो अधिनमा लिन खोज्नु हो । राजनीतिले शक्तिको निर्माण गर्दछ । राजनीतिमा हुने यस्ता विविध किसिमका खेललाई राजनीति भन्न सक्छौं । राजनीति समाज र देशका विभिन्न पक्षमध्ये सबैभन्दा महत्वपूर्ण र परिवर्तनकारी संस्था हो । तर, आज हाम्रा राजनीतिक पार्टीमा असल संस्कारको जग बस्न सकिरहेको छैन ।

अहिले पनि दलहरुमा वैमनस्यता र टकरावको स्थिति विद्यमान छ, जसले राजनीतिक अस्थिरता र खतराको स्थिति देखाइरहेको छ । राजनीतिमा शक्तिको लागि मात्र अभ्यास गरिन्छ भने त्यहाँ हिंसा निश्चितरुपमा हुन्छ । नेपालमा राजनीतिक दल र कार्यकर्ताहरुमा समुदायमा हामी हौं भन्ने भावना नभएकाले राजनीतिमा धेरै द्वन्द्वको विजारोपण गरेका उदाहरण हाम्रासामू विद्यमान छन् । शक्ति प्राप्त गर्नको लागि राजनीतिमा भएका अनेकौं प्रकारका द्वन्द्वलाई न त दबाउन सकिन्छ न त निर्मुल पार्न सकिन्छ ।

नेपाल भौगोलिक दृष्टिकोणले पनि सम्पन्नशालि मुलुक हो । हामी संग यहाँ तराईको उष्ण फाँट देखि ठण्ड हिमाली शृंखला छन । यद्यपी नेपाल हिमालयसँगको निकटताका कारण प्राकृतिक प्रकोपको जोखिममा छ । भौगोलिक अवस्थाका कारण ८०% भन्दा बढी जनसंख्यालाई आँधी,बाढी, पहिरो वा भूकम्पको जोखिममा छन । यी मध्य पनि आजभोली स्वास्थ्यकर्मीको बसाइँसराइ एक जटिल र बहुआयामिक घटना बन्न पुगेको छ । विकासोन्मुख देशहरूका धेरै स्वास्थ्य पेशेवरहरू पश्चिमी देशहरूमा बस्न र काम गर्न इच्छुक भएकाले वैदेशिक रोजगारीमा रुचि बडी देखिन्छ्र । यो कुनै आश्चर्यको कुरा पनि होइन जब धेरै पेशेवरहरू क्यानाडा, संयुक्त राज्य अमेरिका र युनाइटेड किंगडम लगायत धेरै धनी राष्ट्रहरू मध्ये काम प्रस्ताव,सजिलो माइग्रेसन, राम्रो तलब, उज्ज्वल भविष्य ,स्वास्थ्य र शिक्षा ग्यारेन्टी भएकाले पनि बिदेशीनेको चाहना बढ्दो छ । अहिले आक्रामक रूपमा चिकित्सा कर्मचारीहरू भर्ती गर्दैछन्।

२०२१ को जनगणनाको प्रारम्भिक प्रतिवेदन अनुसार २१ लाख नेपाली विदेशमा छन् । वैदेशिक रोजगार विभागका अनुसार हालसम्म ११० देश नेपालीका लागि श्रम आप्रवासन गन्तव्य भएका छन् । मानिसहरु प्रति बैदेशीक यात्रा बाध्यता नै भईसकेको छ ।

हाम्रो देशमा कृषिजन्य उत्पादन बढाउन पहल गर्नु पर्छ । खान गरी योग्य उब्जाउको मुख्य एजेन्डा हुनु पर्छ । खेति योग्य जमिन बाजो हुनु सरकारसँग कृषककोलागि कुनै स्थायी परियोजनाहरू नहुनुले बिदेश पलायन हुनेको संऋया बढेको हो । नेपालले पोषण र खाद्य सुरक्षामा धेरै चुनौतीहरू सामना गरिरहेको छ । यस्ता कुरामा ध्यान जान एकदमै जरुरी छ । जय सुशासन जय नेपाल