Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या जाँदै

टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या जाँदै

काठमाडौं । आज अपराह्न ४ बजे टि–२० र एकदिवसीय क्रिकेट खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली केन्या प्रस्थान गर्ने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली टोली आज केन्या प्रस्थान गर्ने जनाएको हो । त्यसअघि क्यानले नेपाली टोलीलाई बिदाई गर्ने छ ।

आजबाट औपचारिक रुपमा राष्ट्रिय क्रिकेट टोलीका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली टिम सम्हाल्ने भएका छन् ।

नेपालले केन्यासँग ५ खेलको टि–२० अन्तर्राष्ट्रिय र ३ खेलको एकदिवसीय सिरिज खेल्ने भएको छ ।

५ खेलको टि–२० सिरिज भदौ ९ बाट १४ गतेसम्म हुने भएको छ । ३ खेलको एकदिवसीय सिरिज भने यहि भदौ १७ बाट २० सम्म चल्ने भएको छ ।

दुवै सिरिज नैरोवीस्थित जीमखाना मैदानमा हुनेछ ।