Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

परिश्रम सफलताको कुञ्जी हो भने स्मार्ट काम सफलताको उत्प्रेरक हो : भक्त बहादुर के सी

परिश्रम सफलताको कुञ्जी हो भने स्मार्ट काम सफलताको उत्प्रेरक हो : भक्त बहादुर के सी

काठमाडौँ । हरेक व्यक्तिको आफ्नो जीवनमा केही न केही हासिल गर्ने सपना हुन्छ जसबाट केही मानिसले आफ्नो जीवनमा सफलता हात पार्छन भने कतिपयले सफलता पाउँदैनन् । प्रत्येक राजनीतिज्ञ, उद्योगी , व्यापारी लगाएत प्रत्यक व्यक्ति संग एउटै प्रश्न हुन्छ, मेहनत र समय खर्च गरे पनि किन सफल हुन सकिन ? सफलता सधैँ हात लाग्दैन । असफलता त पाइलैपिच्छे भेटिन्छ । असफलता नै धेरै समय आफूसँग रहन्छ भने किन यो देखि डराउने ? त्यसैले असफलतासँग डराएर दिमागमा यसलाई हावी हुन दिने होइन, सानो असफलता आइलाग्दा आफूले कुनै बेला प्राप्त गरेको सफलता सम्झिएर त्यसलाई पचाउने प्रयास गर्नुपर्छ । सफलता प्राप्त गर्नको लागी कडा परिश्रमको साथमा स्मार्ट हुनु पनि एकदमै जरुरी छ ।

जीवनमा कसरी सफलता प्राप्त गर्न सकिन्छ ?

कडा परिश्रम सफलताको कुञ्जी हो भने स्मार्ट काम सफलताको उत्प्रेरक हो, जसले तपाँईलार्य कुनै बाह्य प्रतिक्रियाहरू नदेखाई प्रक्रियालाई द्रुत बनाउँछ । स्मार्ट ब्यक्तिले विशिष्ट, मापनयोग्य, प्राप्त गर्न सकिने, यथार्थपरक र समयबद्ध लक्ष्यहरूको तादुकता राख्छ । मानिस सफल बन्नका लागी आफूले गर्न सक्ने कामको मात्रा मापन गर्नुपर्छ। यस्ता कार्यहरु गर्नुस् जस्ले तपाँइलाई सजिलै सफलता प्राप्त गर्न मद्दत गर्छ ।

आजको प्रतिस्पर्धी दुनियाँमा सबैको लक्ष्य सफलता प्राप्त गर्नु हो । अत्यावश्यक तथा आवश्यकताको आधारमा आफ्नो काम बाँडफाँड गर्नुहोस । अत्यावश्यक कामहरूमा ध्यान केन्द्रित गर्ने प्रयास गर्नुहोस् र विचलित गर्नेहरूलाई प्रत्यायोजन गर्नुहोस्। केवल प्रयास गर्नुहोस् र आफैलाई प्रश्न सोध्नुहोस् कि यस समयमा के महत्तवपूर्ण छ। स्मार्ट साथै सफल बन्न निम्न कुरामा ध्यान दिनु जरुरी छ :

असफलताबाट डराउनु हुँदैन

सफलता प्राप्त नहुने प्रमुख कारण भनेको तपाईंमा कुनै पनि काममा असफल हुने डर हुनु हो । यदि एक पटक तपाईंले आफुले यो कुरा गर्न सक्दिन भन्ने मान्नु भयो भने तपाईं आफ्नो भित्रि मनबाट प्रयत्न गर्न सक्नु हुन्न र बारम्बार असफल हुनु हुन्छ र यहि डर तपाईंमा हावी हुन्छ ।

लक्ष्य बनाउनु पर्छ

यदि तपाईंलाई सफलता प्राप्त गर्नु छ भने तपाईले आफ्नो कुनै एउटा लक्ष्य निर्धारित गर्नु पर्छ । आफ्नो लक्ष्यमा हर सम्भव मेहनत गर्नु पर्छ । धेरै कामहरु एकै पटक गर्नु पर्दैन । त्यो कुरा गर्नु पर्छ, जुन सही हुन्छ । केवल सजिलो कुरा मात्र गर्न खोज्नु हुँदैन ।

इच्छा शक्ति बढाउनु पर्छ

इच्छा शक्ति जगाउनु पर्छ साथै आफ्नो भावनात्मक भावनालाई पनि जगाउनु पर्छ । जब कुनै काममा तपाईं भावनात्मक भावना जोडियो भने त्यो काम तपाईंका लागि सजिलो हुन्छ ।

सफल ब्यक्तिको सफलताबाट मात्र होइन असफलताहरुबाट शिक्षा लिनु पर्छ

प्रायः मानिसहरु आफ्नो तुलना अरुसंग गर्छन् । उनीहरु अरुको सफलता देखेर आफु उनीहरु जस्तो सफल किन नभएको होला ? भनेर सोच्छौं । एउटा सफल व्यक्तिले पनि आफ्नो जीवनमा विभिन्न असफलताहरुको सामना गरेको होला भन्ने कुरा उनीहरुलाई सायदै थाहा होला ।यदि तपाईंलाई आफ्नो जीवनमा तिव्र रुपमा सफलता प्राप्त गर्नु छ भने सफलताको कथाहरु नपढ्नुहोस् । यदि कथा नै पढ्ने हो भने असफलताको कथाहरु पढ्नु होस्, जसले तपाईंलाई तपाईं भित्रको कमी–कमजोरीका बारेमा थाहा हुन्छ र राम्रोसंग आफ्नो कमीलाई सुर्धान सक्नु हुन्छ ।

स्मार्ट कामको लागि यथार्थपरक लक्ष्यमा आधारित रणनीति हुनुपर्छ। जब हामीसँग हाम्रो आफ्नै लक्ष्यको बारेमा स्पष्ट दृष्टिकोण हुन्छ यसलाई बुझ्न र त्यसमा काम गर्न सजिलो हुन्छ। एउटा सजिलो बाटो खोज्नुपर्छ। हरेक कुरामा नकारात्मक र सकारात्मक दुई चरण हुन्छन्। आफ्नो विचार , ज्ञान , भूत वर्तमान र भविष्य र आलस्यलाई आकर्षक र प्रभावकारी तरिकामा प्रयोग गरौ फलदायी हुन्छ।

समस्याको मूल कारणलाई समाधान गरेर काम गर्नुपर्छ । सामान्यतया मानिसहरू तत्कालको कारणहरूमा काम गर्ने गर्छन् र आफ्ना समस्याहरूको समाधान खोज्छन्। यसको सट्टा समस्या वास्तवमा जहाँबाट सुरु भएको हो त्यसको कारणको समाधान खोज्नुपर्छ। यसले समस्यालाई हटाउन र दीर्घकालीन कारणको लागि काम गर्न मद्दत गर्दछ।

आफ्नो काम वा ब्यबसायमा सफतला प्राप्त गर्न चाहनु हुन्छ भने पहिला योजना बनाउनुहोस र समय ब्यवस्थापन गर्नु होस् । समय व्यवस्थापन व्यवास्थापनको एक नविन अवधारणा हो । यसले उपलब्ध समयलाई के–कसरी उपयोग गरी लक्ष्य प्राप्त गर्ने भन्ने सन्दर्भमा मार्ग प्रशस्त गर्दछ । थोरै समयको प्रयोग गरी बढी उत्पादन गर्नु पनि समय व्यवस्थापनकै उपज हो । तर, सधैँ कसिलो सूचिका साथ काम गर्दा मानसिक तनाव पनि देखा पर्न सक्दछ । यस कूरामा सचेत हुनु पर्दछ । त्यसैले बेलाबेलामा खेलकूद एवम् मनोरञ्जनका कार्यक्रमहरुमा सरिक हुनु पनि उत्तिकै आवश्यक छ । यसले उत्पादकत्व वृद्धिमा सहयोग गर्दछ ।