Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने एन्फाको निर्णय

शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने एन्फाको निर्णय

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शहीद स्मारक ए डिभिजन लिग पुस ८ गतेबाट गर्ने निर्णय गरेको छ ।

आज एन्फा कम्प्लेक्समा बसेको एन्फा कार्यसमिति बैठकले ए डिभिजन लिग पुस ८ गतेबाट चैत ४ गतेसम्म गर्ने निर्णय गरेको हो ।

त्यस्तै सी डिभिजन लिग असोज १ गतेबाट ३० गतेसम्म गर्ने निर्णय गरेको छ । त्यस्तै बी डिभिजन लिग चैत ६ गतेदेखि वैशाख १५ गतेसम्म गर्ने निर्णय गरेको हो ।