काठमाडौँ । २० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज भारत र बङ्लादेश खेल्दैछन् ।
खेल भारतको भुवनेश्वरमा रहेको कालीङ्गा मैदान बेलुका सवा ७ बजे सुरु हुनेछ । बङ्लादेश शीर्ष र भारत दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।
गएको मङ्गलवार भएको खेलमा साविक विजेता भारत माल्दिभ्सलाई १–० गोलले हराउँदै फाइनलमा पुगेको थियो । त्यस्तै बङ्लादेशसँगको खेलमा एक–एक गोलको बराबरी खेलेको नेपाल समूह चरणबाट बाहिरिएको थियो ।