Jul 28 2026 | २०८३, श्रावण १२ गते

Jul 28 2026 | २०८३, श्रावण १२ गते

साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज भारत संग तेस्रो खेल्दै

साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज भारत संग तेस्रो खेल्दै

काठमाडौँ । साफ यू–२० च्याम्पियनसिपमा नेपालले आज भारत संग तेस्रो खेल्दैछ ।

नेपाल र भारतबीचको खेल कालिङ्गा रंगशालमा साँझ सवा सात बजे सुरू हुनेछ । नेपाली युवा टिमले सुरूवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गरेको थियो ।

नेपालले पहिलो खेलमा माल्दिभ्समाथि ४–० गोल र दोस्रो खेलमा श्रीलंकालाई ३–० गोलले पराजित गरेको थियो । दुई खेलमा सात गोल गरेको नेपालले अहिलेसम्म गोल खाएको छैन ।

प्रतियोगितामा अब नेपालले बंगलादेश र भारतसँग खेल्न बाँकी छ । भारतलाई प्रतियोगिताको बलियो दाबेदार मानिएको छ । लामो समयदेखि सँगै रहेर अभ्यास गरेको भारतीय टिमलाई घरेलु मैदानको समेत फाइदा हुनेछ ।